
इटहरी: आगामी दशैंको अवसर पारेर असोज १३ गते (फुलपातीको दिन) बाट देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली फिल्म ‘माइतिघर’ को प्रचारप्रसारलाई आक्रामक बनाइएको छ । निर्माता रोहित अधिकारीका अनुसार यसपालि फिल्मका प्रमुख कलाकारहरु देशव्यापी रुपमा दर्शकसँगै बसेर फिल्म हेर्ने अभियानलाई विशेष प्राथमिकता दिने बताएका छन् ।
अधिकारीले फेसबुकमा लेखेका छ्न “माइतिघर फिल्म दर्शक सङ्गै बसेर हेर्न यसपालि सम्पुर्ण कलाकारहरु सहित पुर्बका सम्पुर्ण हलहरु पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत र धनगढी सबै तिर प्रकास सपुत, धिरज मगर, केदार प्रशाद घिमिरे (माग्नेबुढा), उपासना सिंह ठकुरी, युबराज लामा, बुद्धि तामाङ आउदै हुनुहुन्छ तपाईहरुको परिवार र हाम्रो माईतिघर परिवार बिच रमाईलो गर्दै दशै मनाउ सङ्गै बसेर सिनेमा हेरौ…पारिवारिक फिल्म प्राण भन्दा प्यारो माईतिघर ३० सेकेन्ड को मोशन पोस्टर पर्सी” ।
निर्माता अधिकारीले फिल्मको ३० सेकेन्डको मोसन पोस्टर पनि आइतबार सार्वजनिक हुने जानकारी दिएका छन् । ‘माइतिघर’ मिलन तामाङको निर्देशनमा तयार भएको र रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो।