स्वास्थ्य/जिवनशैली

नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठद्वारा पदभार ग्रहण



धरान: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ ।

उपकुलपतिको नियुक्ति भएसँगै नियुक्ति पत्रका लागि उहाँ काठमाण्डौ जानु भएको थियो । बुधबार नियुक्ति प्राप्त गर्नु भएका नवनियुक्त उपकुलपति प्रा.डा. श्रेष्ठ आज शुक्रबार काठमाण्डौबाट धरान फर्किएर आजै प्रतिष्ठानको कुलपतिको पदको कार्यभार सम्हाल्नु भएको हो ।

कार्यभार सम्हाल्दै नवनियुक्त उपकुलपति प्रा.डा श्रेष्ठले चारजना पदाधिकारीको छलफल प्रतिष्ठानमा रहेका कर्मचारी कल्याण समाज, कर्मचारी कल्याण समाजसँग सहकार्य गरेर वीपीको विकासमा अगाडि बढ्ने बताउनुभयो । उहाँले विगतको जस्तो पदाधिकारीहरुको वेमेलको अवस्था सिर्जना हुन नदिने वातावरण तयार पार्न आफूबाट हरसम्भव कोशिश गर्ने बताउनुभयो । उहाँले एक बर्षभित्रमा बीपीको वेथिति धेरै न्यूनिकरण भएर जाने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आफू उपकुलपतिमा नियुक्तिको लागि धेरैको सहयोग भएको सबैजना मनदेखि नै खुशी भएको आफूले पाएको बताउनुभयो । उहाँले केही गर्छ भन्ने हेतुले सबैले आफुलाई माया गरेको बताउदै त्यो अनुसारको काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

पदभार ग्रहणमा प्रतिष्ठानका अस्पताल निर्देशक, शिक्षाध्यक्ष तथा रजिष्ट्रार सहित शिक्षक, कर्मचारीहरुले उहाँलाई स्वागत गरेका थिए ।

प्रतिष्ठानको उपकुलपतिमा चारजनाको नाम सिफारिस भएकोमध्ये उहाँलाई सरकारले प्रतिष्ठानको उपकुलपतिको पदमा नियुक्ति गरेको हो । प्रारम्भमा सर्च कमिटीले प्रा.डा. प्रह्लाद कार्की, प्रा.डा. रामेश कोइराला र प्रा.डा. रोहित यादवको नाम तय गरे पनि प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठलाई सिफारिसमा छुटाउन नहुने भन्दै चर्को दबाब भएपछि उहाँको नाम समेत सिफारिसमा थपिएर आएको थियो ।

उपकुलपतिमा नियुक्त भएका प्रा.डा. श्रेष्ठ हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ । विगतमा उहाँ प्रतिष्ठानमा एक कार्यकाल शिक्षाध्यक्षको जिम्मेवारी सम्हालीसक्नु भएकोले उहाँबाट बीपी प्रतिष्ठानका पदाधिकारी, कर्मचारी, विद्यार्थीका साथ धरानेहरुले बीपीको विकास हुने ठूलो अपेक्षा राखेका छन् ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका