धरान विशेष

खानेपानी प्रोजेक्टको विषयमा मन्त्री धरान आउदा समेत मेयरले बालै दिएनन


धरान: धरानको खानेपानी समस्या बर्षौदेखिको हो । यहाँ दीर्घकालीन समस्या समाधान नहुदा बर्षेनी हिउदका समयमा धरानेहरुले पानीको अभाव झेल्नुपर्ने अवस्था छ । धरानको दीर्घकालीन समस्या समाधानका लागि धेरै प्रयासहरु भए तर ती सबै प्रयास निस्प्रभाव सावित भएका छन् ।

विगतमा नेपाल खानेपानी संस्थान शाखा धरानले धरानेहरुलाई खानेपानी आपूर्ति गर्थीयो । बर्षेनी हुने समस्यालाई मध्यनजर गरी एकीकृत सहरी विकास आयोजना अन्तर्गत खानेपानी परियोजना सम्पन्न भएर धरान खानेपानी बोर्डको स्थापना भएपनि अहिले पनि धरानेहरुले हिउदको समयमा खानेपानी पर्याप्त पिउन पाएका छन् । एडिवीको ऋण तथा अनुदानमा बोरिङमार्फत बोर्डले खानेपानी आपूर्ति गर्दै आए पनि सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोशीबाट पानी ल्याउने चर्चा चुलिदै गएको बेला यो विषयमा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव धरान आएर मेयर हर्कराज राईलाई भेट्ने प्रयास गरे पनि मेयर राईले मन्त्रीलाई भेटै दिएनन । यसले धरानको दीर्घकालीन समस्या समाधानमा स्थानीय सरकार नै गम्भीर नभएको आशंका उब्जाएको छ ।

मन्त्री यादवले मेयर राईसँग फोन सम्पर्क गर्दा पनि फोन नउठाएकोप्रति गम्भीर आपत्ति प्रकट गर्नुभयो । सुनसरी उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा सहभागी कार्यक्रममा उहाँले मेयर राई नै कोशीबाट पानी ल्याउने बारेमा गम्भीर नदेखिएको भन्दै रुष्ट पकट गर्नुभयो । उहाँले दीर्घकालीन खानेपानी समस्या समाधानका लागि संघीय सरकारका मन्त्रालयमा खाली गाग्री देखाएर आन्दोलन गर्ने मेयर राईलाई खाली गाग्री देखाउदैमा धरानको खानेपानीको आवश्यकता पूरा नहुने बताउदै कोशीबाट पानी ल्याउने प्रोजेक्टलाई बेवस्ता गरेको खण्डमा अर्थात साउन २५ देखि भदौ ७ गतेभित्रमा प्रोजेक्टको टेण्डरको काम नसकिएन भने धरानेहरुको खानेपानीको समस्या समाधानमा बाधा पुग्ने बताउनुभयो ।
यता उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले समेत धरानको पर्यटन प्रवद्र्धनको बाधक खानेपानी समस्या भएको बताउदै दीर्घकालीन समस्या समाधानमा गम्भीर हुनुपर्ने निकाय नै बेखबर हुनुमा आश्चर्य पकट गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहनकाजी शाक्यले सहरी विकास आयोजना अन्तर्गतको खानेपानी परियोजनाबाट सम्पन्न खानेपानी परियोजनाले नै धरानेहरुले ऋणको भारी बोकेको बताउदै विगतको ऋण र अहिले आएको ६ अर्बको प्राजेक्टको पूर्ण स्वामित्व नेपाल सरकारले लिन मेयर राईले गरेको अनुरोधलाई नेपाल सरकारले गम्भीरतापूर्वक हेर्नुपर्ने आग्रह गर्दै कोशीबाट पानी ल्याउने प्रोजेक्टको डिपिआर सबैलाई उपलब्ध गराउन मन्त्री समक्ष आग्रह गर्नुभयो ।
खानेपानी मन्त्रालयका सहसचिव, महानिर्देशकसहितको छलफलको टोली धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत, वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरुको उल्लेख्य उपस्थिति भए पनि स्वयम् नगरप्रमुख यत्रो प्रोजेक्टको विषयमा गम्भीर भएर मेयरलाई भेट्न आउदा समेत उहाँ उपस्थिति नहुनु लाजमर्दो कुरा भएको बताउनुभयो । आम धराने जनताको आवश्यकतालाई परिपूर्ति गर्न कार्यपालिकाको वैठकबाट अनुमोदन गरेर नगरप्रमुखको नेतृत्वमा अघि बढाइएको प्रोजेक्टमा नगरप्रमुख नै उपस्थिति नहुनु, मन्त्रीलाई भेट गर्न नआउनु जस्ता कार्यले नगरपालिकाको शीर नै निहुरिएको महसुस भएको बताउनुभयो ।
नेपाल सरकारको ८५ प्रतिशत र उपमहानगरपालिकको १५ प्रतिशत लगानीमा आएको प्रोजेक्टको डिपिआर बनेर प्रोजेक्ट अगाडि बढिसकेको अवस्थामा नगरप्रमुख राईले एडिवीको ऋण नलिने भनेर गरेको पत्राचार अत्यन्तै गम्भीर भएको भन्दै संवादमा नआइ बाहिर बाहिरबाटमात्र संघीय सरकारले शतप्रतिशत नै व्यहोर्नु कुरा गरेर आफ्नो जिम्मेवारीबाट पन्छिने काम गरेको मन्त्रालयले जनाएको थियो । धरान सुन्दर सहर भएपनि यहाँका सर्वसाधारण बर्षोदेखि खानेपानी समस्याबाट गुज्रिरहेको अवस्थामा संघीय सरकार यसमा गम्भीर भएर पक्रिया अगाडि बढाउँदा समेत मेयर राईले प्रोजेक्टको विषयमा वेवास्ता गरेकोप्रति मन्त्रालय, जनप्रनिधि, उद्योगी व्यवसायीहरुले आक्रोस पोखेका थिए ।

धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले धराने जनताको खानेपानीको आवश्यकताको निम्ति कसैले राजनीति गर्न नहुने बताउँदै भने ‘खानेपानीको समस्या देखाएर राजनीति गर्ने होइन । जसको पहलमा बजेट आए पनि स्वीकार गर्न सक्नु पर्दछ, कसैको इगोले प्रोजेक्ट खारेज भए जनता प्रतिकारमा उत्रनु सक्नु पर्दछ ।’

हठले धरान बन्दैन । कसैले इगोले धरानको आयोजना विफल पार्ने सपना देख्छ भने त्यो सपनालाई जनताले प्रतिकार गर्ने उपप्रमुखले बताए । जनप्रतिनिधि जनताको आवश्यकतालाई समाधान र व्यवस्थापन गर्न आएको हो । धरानको विकास गर्न आएको हो । सबै साँचो नगरप्रमुखको हातमा छ । उनले साँचो नफुकाए आयोजना सफल नहुने उनले बताए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।