स्वास्थ्य/जिवनशैली

बिपी अध्ययन प्रतिष्ठान सुनसरीद्वारा विमा बोर्डको निर्णय सच्याउन माग

धरान: बिपी अध्ययन प्रतिष्ठान सुनसरीले विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा बोर्डले केवल ‘रेफरल सेवा केन्द्र’ को रूपमा मात्र मान्यता दिइएको प्रति आपती जनाएको छ।
आज विज्ञप्तीमा भनिएको छ धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान देशकै एक प्रमुख शैक्षिक तथा स्वास्थ्य सेवा प्रदायक संस्था भएकोले यसले पूर्वी नेपालका लाखौं नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यद्यपि, हाल आएर यस प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा बोर्डले केवल ‘रेफरल सेवा केन्द्र’ को रूपमा मात्र मान्यता दिइएको प्रति हामी धरानबासीको तर्फबाट गम्भीर आपत्ति प्रकट गर्दछौं।

यस निर्णयले बीमा कार्ड भएका धराने सर्वसाधारण नागरिकहरूलाई सिधै प्रतिष्ठानमा पुगेर सेवा लिन असहज भएको छ। रेफरल आवश्यकताको झन्झटिलो प्रक्रियाले बिरामीहरूको स्वास्थ्य जोखिम बढाउने मात्र नभई, तिनको स्वास्थ्य उपचारको मौलिक अधिकारमा समेत ठेस पुर्‍याएको विज्ञप्तीमा उल्लेख छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य बीमा बोर्ड एबं बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समक्ष बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत प्रथम सेवा केन्द्रको मान्यता तत्काल प्रदान गर्नु पर्ने। प्रतिष्ठानमा आउने धराने बीमा सदस्यहरूले बिना रेफर सिधै उपचार सेवा प्राप्त गर्न सक्ने व्यवस्था तत्काल सुनिश्चित गर्नु पर्ने। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रोकिएको बीमा रकम भुक्तानी तत्काल गर्नु पर्ने। प्रतिष्ठानमा हाल बिमित सेवाग्राहीहरुले बेहोर्नु परिरहेको झन्झटिलो प्रक्रियालाई सुधार गरेर तत्काल सुलभ र सहज बनाउनु पर्ने विज्ञप्ती मार्फत माग गरेका छन।
बिपी अध्ययन प्रतिष्ठान सुनसरीले सरकारका सरोकारवाला निकायहरूलाई जनताको स्वास्थ्यप्रति जिम्मेवार रहन र तत्काल सुधारात्मक कदम चाल्न आग्रह गरेको छ। स्वास्थ्य सेवा मौलिक हक हो, त्यसमा पहुँच सहज, समान र सम्मानजनक हुनुपर्ने विज्ञप्ती मार्फत माग गरेका छन।
बिपी अध्ययन प्रतिष्ठान सुनसरी सभापती बिकास आचर्यले हस्ताक्षर गरेका छन।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका