व्यवसाय

सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनको सगगर्मी बढ्यो अध्यक्षमा दुई जनाको उम्मेद्वारी घोषणा


धरान: व्यवसायिक हक हितका लागि आज भन्दा ६२ बर्ष अगाडि स्थापना भएको सुनसरी उद्योग वाणिज्य संघको आगमी असार ३० गते हुने निर्वाचनमा अध्यक्षका दुई प्रत्यासीले आ–आफ्नो जितको सुनिश्चता देखाउँदै जित्ने आधार समेत प्रष्ट्याएका छन् ।
निर्वाचन नकिजिदै जाँदा आफ्ना एजेण्डा बोकेर प्रत्यासीहरु घरदैलोमा व्यस्त रहेका छन् । जित आफ्नो पक्षमा पार्न उनीहरुले घोषणापत्रमा उल्लेख गरेका कुरालाई पूरा गर्ने प्रतिबद्धता जनाउदै मतदाता तान्न अभियानमा भरपुर जुटेका छन् ।
विगतकै जस्तै यसपालि समेत अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । पूर्ण व्यवसायिक भनिए पनि विगतदेखि नै उवा संघको निर्वाचनमा राजनीति प्रवेश गर्ने गरेको छ । विगतमा एमाले, काँग्रेसबीचको प्रतिष्पर्धामा माओवादी लगायत अन्य दलका प्रत्यासीलाई सघाएर जाने ट्रेन नै बसिसकेको छ । तर यसपटकको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनमा भने राजनीतिक रुपमा एउटै दलका उम्मेद्वार उभिएका छन् । अध्यक्षका उमेद्वार गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ दुवै व्यवसायिक रुपमा सफलता हासिल गरेका व्यक्ति भए पनि उनीहरु दुवै नेकपा एमालेसँग आवद्ध छन् ।
शिवराज श्रेष्ठ यो सँगै दुई पटक अध्यक्षका उम्मेद्वार बन्नेछन् । गत बर्ष विजय श्रेष्ठसँग हार व्यहोरे पनि हारलाई जितमा परिणत गर्ने साहस बटुल्दै मैदानमा उत्रिएका प्रत्यासी हुन् भने गोपाल श्रेष्ठ प्रथम उपाध्यक्षको सफलतापूर्वक कार्यकाल सम्पन्न गरेर पहिलो पटक अध्यक्षका उम्मेद्वार बनेका हुन् ।
दुवैले प्यानलवाइज उम्मेद्वारी घोषणा गरेका छन् ।

अध्यक्ष गोपाल श्रेष्ठको प्यानालमा उद्योग तर्फको सदस्यहरूमा महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल, कृष्ण प्रसाद पाठकले उम्मेद्वारी दर्ता गराएका छन् । वाणिज्य तर्फका सदस्यहरूमा राम स्वरूप शर्मा, किसन मास्के, शैलेस आर्चाय (प्रमोद), विवेक अग्रवाल, शशी साह, नवीन राजभण्डारी, जय प्रकाश शर्मा, अमित अग्रहरी, वर्षा अग्रवाल श्रेष्ठ (महिला)ले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि एशोसिएट्स तर्फका सदस्यहरू अशोक जैन, ललित कुमार अग्रवाल, मनिष अग्रवालले मनोनयन दर्ता गरिसकेका छन् भने बस्तुगत तर्फ नवीन कुमार तामाङ, नारायण लिम्बु प्रत्यासी रहेका छन् । निर्वाचन अधिकृत प्रा.डा. राजेन्द शर्माका अनुसार उद्मोग तर्फ महिला सदस्यकी उमेद्वार मिना राईको प्रत्यासी कोही नभएकाले निर्विरोध निर्वाचित भइसकेकी छन् ।

अध्यक्ष शिवराज श्रेष्ठको प्यानलमा वाणिज्य तर्फको सद्स्यहरु चन्द्र बहादुर सुवेदी, उपेन्द्र चाम्लिङ, सागर प्रसाई, सिताराम आचर्य र कृष्ण ठाकुर उद्योग तर्फ सदस्यहरुमा शिवनन्द शाह एसोसियट तर्फ सदस्यहरुमा राजेश अग्र‌वाल महिला तर्फ सदस्य ममता शक्य प्रत्यासी रहेका छन।

यता गुट हैन अनुभव र गुण खोजौ, उद्योगी व्यवसायी हितका लागि शिवराज श्रेष्ठलाई रोजौ भन्ने स्लोगन लिएर अध्यक्षका प्रत्यासी बनेका शिवराज श्रेष्ठले समेत प्यानलकै घोषणा गरेका छन् । दुवै जना प्रत्यासीले अहिले सुस्ताएको व्यवसाय, उद्योगमा देखिएका संकट, भविष्यमा गर्नुपर्ने सुधार र दीर्घकालीन समस्या समधानमा पहलकदमीका विषयलाई घोषणापत्रमा उल्लेख गर्दै व्यवसायीको हक अधिकारको विषयम तल्लिन रहने प्रतिबद्धता जनाउँदै अत्याधिक मत दिएर विजय बनाउन दुवै उमेद्वारले मतदाताहरुलाई अनुरोध गरेका छन् ।
निर्वाचनमा मतदाताको सङ्ख्या २ हजार ९०४ जना रहेको निर्वाचन अधिकृत प्रा.डा शर्माले जानकारी दिए । उनका अनुसार वाणिज्य तर्फ १५ जना, उद्योग तर्फ ७ जना, एसोसिएट तर्फको सदस्यका ५ जना, वस्तुगत तर्फ ३ जना, वाणिज्य तर्फ महिला सदस्यको लागि २ जना गरी जम्मा ३५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रा.डा. शर्माले जनाएका छन् ।
यसपटक विगतको निर्वाचनभन्दा मतदाता संख्या घटेको छ । २०७९ सालमा भएको निर्वाचनमा २ हजार ९ सय ७७ जनाले मतदान गरेका थिए ।
सुनसरी उद्योग वाणिज्य संघको कार्यसमितिमा अध्यक्ष एक, निवर्तमान एक, प्रथम उपाध्यक्ष एक, द्वितीय उपाध्यक्ष एक, कोषाध्यक्ष एक, महासचिव एक, उद्योग सचिव एक, वाणिज्य सचिव एक, प्रचारप्रसार सचिव एक गरी २५ सदस्यीय कार्यसमिति रहने प्रावधान रहेको छ ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई