मनोरञ्जन समाचार

चलचित्र “जनै हराएको मान्छे” को ३ फरक पोष्टरहरु सार्वजनिक

धरान: “जनै हराएको बाहुन” नाम राखेको निर्माण थालिएको चलचित्रको नाम परिवर्तन भएर अब “जनै हराएको मान्छे” सम्बन्धका धागोहरुको पहिलो चरणको तीन ओटा फरक भिन्न पोस्टरहरु देशका विभिन्न शहरहरुबाट एकसाथ सार्वजनिक भएको छ । धरानमा भएको पोष्टर सार्वजनिक, कार्यक्रममा प्रमुख अतिथी चलचित्र निर्देशक समाजका महासचिव, चलचित्रकर्मी महा संघ कोशीका अध्यक्ष निर्देशक अरुण कुमार प्रधानले सार्वजनिक गरे । पोष्टर सार्वजनिक पछि प्रधानले नेपाली चलचित्र क्षेत्रमा प्रचार–प्रसार शैलीको नयाँ तरिका आएको भन्दै चलचित्र सफलताको शुभकामना दिए । साथै पछिल्लो समय कोशी प्रदेशमा नेपाली चलचित्रको गतिविधि बढिरहेकोमा खुशी व्यक्त गरे ।

पोस्टर काठमाण्डौ, पोखरा, धरान, ईटहरी, बिर्तामोड, विराटनगर लगायत शहरहरुबाट एकसाथ सार्वजनिक भएको छ । सार्वजनिक तीन फरक पोष्टरहरुमा पात्रहरुको भुमीका गम्भीर र रहस्यमय देखिएको छ । एक पोष्टरमा दुई नायिकाहरु केकी अधिकारी र मिरुना मगरले धागो समातेका छन सोही धागोलाई विजय बरालले तानेका छन भने एक अर्को पोष्टरमा विजयले रिक्शामा मिरुनालाई चढाएर कुदाईरहेका छन । पोष्टरले चलचित्रको धेरै कुराहरु प्रष्ट पार्न खोजेको छ ।

पोष्टर धरानको फ्रेन्ड्स सिनेमा, इटहरीको ईलाइट, विराटनगरको सेन्ट्रल मल्टिप्लेक्स र विर्तामोडको क्यूएफएक्स, काठमाण्डौमा आईप्लेक्स मलको वान सिनेमाज, दाङ, नेपालगन्ज, पोखरा, बुटवल लगायतका ठाउँहरुबाट एकसाथ सार्वजनिक गरिएको हो । चलचित्र निर्माण घोषणा गर्दा जनै हराएको बाहुन नाम राखिएपनि हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखेर जनै हराएको मान्छे राखिएको निर्माणपक्षले जनाएको छ । चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर,गौरव पहारी , कविता आले,सुशांक मैनाली लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचि यहि भदौ ६ गतेबाट प्रदर्शनमा आउदै छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता