व्यवसाय

ढुवानी क्षेत्रका मजदुरलाई कानुनले चिनेन :मजदुर नेता भीमज्वाला राई


चितवन: ढुवानी तथा लोडअनलोड क्षेत्रमा काम गर्ने देशभरीका दश हजार श्रमिकहरु कानुनको परिभाषा बाहिर परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ ।
शनिबार नवलपुरको गैंडाकोटमा संगठन तरकारी तथा फलफूल ढुवानी इकाई कमिटी चितवनको चौथो अधिवेशनका क्रममा प्रमुख अतिथि राईले बताउनुभयो । देशभरीका बसपार्क, कृषि उपज बजार तथा तरकारी फलफूल मण्डिहरुमा काम गर्ने लोडअनलोड तथा ढुवानी मजदुरहरुका बारेमा सवारी तथा यातायात व्यवस्था ऐन, श्रम ऐन र सामाजिक सुरक्षा ऐनले स्पष्ट व्यवस्था नगरेका कारण देशभरीका दश हजार बढी श्रमिकहरु जोखिमपूण काममा रहेका भएपनि सुरक्षाको प्रत्याभूत नभएको राईको कथन थियो ।
राईले भन्नुभयो वर्षौदेखि काम गरिरहेको भएतापनि, काम लगाउने स्थायी व्यवस्थापक अदृश्य रहेको र कानुनी परिभाषा स्पष्ट नभएका कारण ढुवानी क्षेत्रका श्रमिकहरु समस्यामा परेको छ । उहाँले थप स्पष्ट पार्नुभयो कानुनहरु संशोधनको प्रकृयामा रहेकोछ हाम्रो भूमिका सक्रिय बनाउनु पर्छ । साथै संगठनको अभिभावकत्वमा सबै सामाजिक सुरक्षा कोषमा सूचिकरण हुनु पर्छ राईले बताउनु भयो ।
कार्यक्रमका विशेष अतिथि जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले मजदुरहरुको जीवनमा आइपर्ने संकटको समाधानका लागि जिफन्टको विशेष पहल र नेकपा (एमाले) सरकारले सामाजिक सुरक्षा कोष सुरुवात गरेका भएपनि धेरै यातायात श्रेत्रका मजदुरहरु कोषमा समेटिन नसकेको बताउनुभयो ।
भरतपुर महानगरपालिका अन्तर्गत तरकारी तथा फलफूल बजारमा काम गर्ने ८० जना मजदुरहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई कमिटी निर्माण गरिएको थियो । कार्यक्रममा संगठनका महासचिव केशवबहादुर थापा, (निरु) उपमहासचिव विष्णुबहादुर पराजुली, जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी उपाध्यक्ष मञ्जु गुरुङ, संगठन बागमती प्रदेश अध्यक्ष शंकर थापा लगायतले शुभकामना दिनुभएको थियो । राजन ढकालको अध्यक्षतामा भएको अधिवेशनको सञ्चालन मदन थिङले गर्नुभएको थियो ।
अधिवेशनले आगामी दुइवर्षका लागि निर्विरोध नयाँ नेतृत्व चयन गरेको छ । ११ सदस्यीय नयाँ कमिटीको अध्यक्ष-राजन ढकाल, उपाध्यक्ष – अमरसिं वाइबा, सचिव – मदन थिङ, सहसचिव – कृष्णबहादुर मोक्तान, कोषाध्यक्ष – सन्तोष गुरुङ, सदस्यहरूमा मनोज मोक्तान, सुदीप मोक्तान, सन्तोष भूजेल, शिव ढकाल, चन्द्रबहादुर थोकर, र धनबहादुर योञ्जन रहेको छ ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई