खेलकुद

दोसो एम्स एसईई रनमा छात्रातर्फ टिका र छात्रतर्फ अप्सु प्रथम

धरान: दोस्रो एम्स एसईई ६ के रनमा छात्र तर्फ अप्सु आङ्देङ्बे र छात्रातर्फ टिका लिम्बु प्रथम भएका छन् ।

धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आज शनिबार आयोजना गरेको रनमा अप्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३० मिनेट ५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनिन् ।

यस्तै, छात्रतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९ मिनेट ५० सेकेण्डमा रन पुरा गर्दै तेस्रो भए ।

यसैगरि, छात्रातर्फ युनिषा कटवालले ३१ मिनेट ९ सेकेण्डमा रन पुरा गर्दै दोस्रो भइन् भने मनिका राईले ३३ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भइन् । 

एसईई क्याटोगरीका छात्रा र छात्रतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र एक हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, प्रथम हुनेले सतप्रतिशत, दोस्रो हुनेले ७५ प्रतिशत र तेस्रो हुने खेलाडी विद्यार्थीले ५० प्रतिशत छात्रवृति पनि पाएका छन् । सहभागी विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुट पाउने भएका छन् ।

रनमा ओपन क्याटोगरीमा पुरुषतर्फ अमिर लिम्बुले निर्धारित दुरी १७ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै विजेता भए भने महिलातर्फ पुष्पा लिम्बुले २२ मिनेट ५३ सेकेण्डमा पुरा गदै विजेता बनिन् । दुवै जनालाई नगद १५ सय, मेडल प्रदान गरिएको थियो । विजेताहरुलाई एम्स एकेडेमीका अध्यक्ष प्रकाश राई, कार्यक्रमका प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल संघ प्रदेश कमिटी अध्यक्ष किसोर राई, अखिल नेपाल फुटबल संघ सुनसरी जिल्ला अध्यक्ष नविन राईले पुरस्कार प्रदान गरेका थिए ।

दोस्रो सँस्करणको एम्स एसईई रनको निर्धारित दुरी ६ किलोमिटर रहेको थियो ।  चतरालाइनस्थित एम्स एकेडेमीबाट सुरु भएर छाता चौक, सिंहदेवी माछाभौडी,भानु चौक, पुतली लाइन, दुर्गा चौक,बुद्ध चोक, मङ्गलवार,कल्याण चौक, पानीट्याङकी हुँदै एम्स एकेडेमीमा नै आएर समापन भएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक