धरान विशेष

प्रधानमन्त्री ओली भने वीपी प्रतिष्ठानलाई छाता ऐनमा समेट्न नहुने पक्षमा छु


धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने चाहेको थिए । ठयाक्कै तपाईहरुले पनि सहि बिषयबस्तु लिएर आउनु भयो भन्दै उनले भने ‘मैल चाहेको विषय पनि त्यहि थियो ।
शुक्रबार धरानबाट गएका सर्वदलीय टोलीसंग भेटघाट गर्दै प्रधानमन्त्री ओलीलाई प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन माग गरेका थिए
प्रधानमन्त्री ओलीले सर्वदलीय टोलीसँग आधा घण्टा छलफल गरेका थिए ।
सरकारले “एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२” जारी गर्दै धरानस्थित वीपी प्रतिष्ठान सहित दशका विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरुलाई एउटै छाता ऐनमा समेट्न खोजेपछि धरानबाट राजनैतिक दलहरु डेलिगेशन गएका थिए ।

सर्वदलीय टोलीले प्रधानमन्त्रीसंगै शिक्षा, विज्ञान तथा प्रविधि पन्त्री रघुजी पन्तसंग समेत भेटभाट गरेका थिए ।
सर्वदलीय टोलीमा नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा माओवादी केन्द्र धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू सहित नेकपा एमाले कोशी प्रदेश सदस्यहरु भीमज्वाला राई र मौसम राई रहेका थिए ।
टोलीमा नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा नेपाली काग्रेसका युवा नेता तथा यातायात व्यवसायी नेता सरोज सिटौला धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) लगायत सहभागी रहेका थिए ।
टोलीले यस अघि पूर्व प्रधानमन्त्री प्रचण्ड, पूर्व स्वास्थ्य मन्त्री गगन थापा र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग भेटघाट गरेका थिए ।
त्यस्तै धरान नगरका प्रवक्ता तथा धरान १७ नम्बर वडा अध्यक्ष मनोज भट्टराईले सरकारका प्रतिनिधि र दलका नेताहरुको रेस्पोन्स सकारात्मक रहेको र यो लविइङ निरन्तर रहनु पर्ने बताए।
टोलीले अब नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्य मन्त्री प्रदीप पौडेलसंग पुनः भेटघाट र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसंग समेत पुनः भेटघाट गर्ने माओवादी केन्द्र धरानका अध्यक्ष उद्धव लिम्बूले बताए । नता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष लिम्बूले भने ‘हामी धरान फर्किदा परिणाम सहित फर्किने तयारीमा छौ । ’

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।