धरान विशेष

ऐतिहासिक पदमार्ग साँगुरीगढी भञ्ज्याङ पदमार्गको नामाकरण परिवर्तन गरेर मेयरले भ्रम छर्न खोजेको उपमेयरको दाबी


धरान: ऐतिहासिक पदमार्ग साँगुरीगढी भञ्ज्याङ पदमार्गको नामेट हुने खतरा बढेको छ । विगतमा पूर्वी तराई क्षेत्रका सर्वसाधारणले धरानसम्म आउने मार्गको रुपमा प्रयोग हुने यो मार्ग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमसँस्कृति पदमार्ग नामाकरण गरेपछि यो पदमार्गको ऐतिहासिकता नामेट हुने समभावना बढेर गएको हो ।

कुनै समय पूर्वी पहाडी क्षेत्रका सर्वसाधारणका लागि धरानसम्म आउने पैदल मार्गको रुपमा प्रयोग हुने पदमार्गलाई सरकारले समेत बजेट विनियोजन गरेर सो पदमार्गको ऐतिहासिकतालाई जोगाउने कार्य गर्दै आएको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनश्रमदानको नामको हवला पिट्दै श्रम सँस्कृति पदमार्ग नामाकरण गरेपछि यसको इतिहास मेटिने खतरा बढेको स्वयम् धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।
यो पदमार्ग पहाडी क्षेत्रबाट उत्पादित कृषि सामाग्रीहरु धरान १३ फुस्रेमा ल्याएर विक्री गर्ने र विक्री गरिसकेपछि सोही मार्ग भएर ढाकरमा नुन बोकेर फर्किने पदमार्गलाई ऐतिहासिक पदमर्गको रुपमा लिएर आर्थिक बर्ष २०७९/०८० मा तत्कालीन पर्यटन तथा सँस्कृति मन्त्री सुदन किरातीले ४० लाख बजेट विनियोजन गरेर शुरुवात गरेको यो पदमार्ग जनश्रमदानबाट निर्माण भएको भ्रम फिजाउदै श्रम संस्कृति पदमार्ग नामाकरण गरिएको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले जानकारी दिनुभयो ।
उपमेयर बेघाका अनुसार ४० लाख बजेटबाट पदमार्ग निर्माण शुरु भएपछि मन्त्री किराँतीले आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख र आर्थिर्क ०८१/०८२ मा १८ लाख गरी १ करोड ८ लाख रुपैया विनियोजन गरिएको थियो । ७ किलोमिटर पदमार्गका लागि आएको साँगुरीगडी भञ्ज्याङ पदमार्गको नाममा आएको बजेबाट हाल ३ किमी पदमार्ग निर्माण भइसकेको छ । सोही शीर्षकबाट आएको बजेटबाट निर्माण सम्पन्न भएको पदमार्गको दुई बर्ष अगाडि अर्थात २०८० असार ५ गते मेयर राईले उद्घाटन गरे पनि अहिले आएर जनश्रमदानबाट बनेको श्रमसंस्कृति पदमार्ग नामाकरण गरेर भ्रम फैलाउने काम मेयर राईले गरेको आरोप उपमेयर बेघाले लगाउनुभयो ।
उहाँले जुन शीर्षकमा बजेट आएको हो त्यसै शीर्षकमा उद्घाटन गरेर अहिले श्रम संस्कृति पदमार्ग भनेर भ्रम फैल्याउने काम मेयर राईले गरेको बताउदै ऐतिहासिक पदमार्गको नामाकरण परिवर्तन गरेर इतिहास नै नामेट गर्ने काम भएको भन्दै कसैले पनि यसमा भ्रममा नपर्न आग्रह गर्नुभयो ।
उहाँका अनुसारका यो पदमार्गका लागि धरान उपमहानगरपालिकाको १० प्रतिशत साझेदारीमात्र रहेको स्पष्ट पार्दै निर्माण सम्पन्न भएको ३ किमी पदमार्गमा सोही बेला वृक्षरोपण समेत गरिएको स्पष्ट पार्नुभयो । उहाँले भ्रम फैल्याएर इतिहास मेटाउने काम कसैले गर्न नहुने भन्दै सबै सजग रहनु पर्नेमा जोड दिनुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।