खेलकुद

कोशी प्रदेश स्तरीय ओपन बास्केटवल: सुनसरी र इलाम फाइनलमा भिड्ने


धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा संपन्न कोशी प्रदेश स्तरीय ओपन बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलाम फाइनलमा भिड्ने पक्का भएको छ ।  
 शनिवार भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई सहज रुपमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन । सुनसरीले धनकुटालाई ६९–२५ को फराकिले अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । खेलमा सुनसरीले धनकुटा विरुद्ध प्रत्येक क्वाटरमा १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनलाई व्रिज इन्टरनेसनल कन्सलटेन्सिका माक्रेटिङ्ग म्यानेजर मनकुमार लिम्वुले ट्रफि प्रदान गरे ।  
     यसै गरि सोहि दिन भएको दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकको अन्तरले परजित गर्दै फाइनल प्रवेश गरेको छ । इलाम र भोजपुरले खेलको प्रत्येक क्वाटरमा १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए । उत्कृष्ट प्रदर्शन गरेका इलाम बास्केटवल टिमका मनिस तामाङ घोषित भए । उनलाई सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिको हात वाट ट्रफि प्रदान गरिएको थियो ।
 सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ वटा जिल्लाका टिमले सहभागिता जनाएको कोशी प्रदेश स्तरीय बास्केटवल प्रतियोगिताका विजेताले नगद रु. २ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु. १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडी धरान मेघा एमभिपि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद रु. १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
असार ५ गते विहिवार देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतवार डिपो स्कुलको बास्केटवल कोर्टमा संपन्न हुनेछ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक