मनोरञ्जन समाचार

धरान संगीत प्रतिष्ठानले ‘विश्व संगीत दिवस’को अवसरमा विशेष कार्यक्रम गर्ने

धरान: ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान’अन्तर्गत धरान संगीत प्रतिष्ठानले आगामी असार ७ गते शनिबार ‘विश्व संगीत दिवस’लाई विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाउने भएको छ।

धरान–१, भानुचोकस्थित ‘खुला मञ्च’मा आयोजना हुने कार्यक्रममा प्रतिष्ठानका प्रतिभावान विद्यार्थीहरूको प्रस्तुति रहनेछ भने नेपाली संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका बरिष्ठ गायक मिलन सिंह खातीलाई सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।

संयुक्त राष्ट्रसंघको प्रेरणामा हरेक वर्ष जुन २१ तारिख (नेपालमा असार ७ गते) ‘विश्व संगीत दिवस’ मनाइन्छ। यही अवसरलाई संगठित र जनउत्तरदायी बनाउन स्थापना कालदेखि नै संलग्न धरान संगीत प्रतिष्ठानले यसवर्ष पनि उत्सवको रूपमा कार्यक्रम आयोजना गर्दैछ।

कार्यक्रममा खाती स्वयं उपस्थित भई आफ्नो चर्चित गीत “भनिदेउ आज के छ मनमा” लगायतका प्रस्तुतिहरू दिनेछन्। त्यसैगरी, गायक तथा संगीतकार दीप श्रेष्ठको समेत विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको संयोजन धरान २ स्थित प्रतिष्ठानले गर्नेछ। धरानका मेयर हर्क साम्पाङ राई प्रतिष्ठानका संरक्षक हुन् भने वडा नम्बर २ का अध्यक्ष रमेश राई प्रतिष्ठानका वर्तमान अध्यक्ष हुन्। कार्यक्रम दिउँसो २ बजेदेखि साँझ ९

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता