खेलकुद

धरान व्याडमिन्टन ग्रुपको कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता: उपाधी बस्नेत र कार्कीलाई

धरानः कोशी प्रदेश व्याडमिन्टन प्रतियोगीताको मेन्स डबल ‘बि’ लेभल विजेताको उपाधी संयोग बस्नेत र सगुन कार्कीको जोडीले जुमेका छन ।

धरान व्याडमिन्टन ग्रुपको आयोजनामा शनिवार र आइतवार भएको प्रतियोगीतामा संयोग÷सुमनको जोडीले हिमाल श्रेष्ठ र सुशिल श्रेष्ठको जोडीलाई २१–९ र २१–१६ अङ्कले पराजित गर्दै उपाधि चुमेका हुन ।

धरान–१३ अमर बहुउद्देश्यीय कभर्ड हलमा भएको समापन समारोहमा विजेता जोडीले नगद ५१ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । दोस्रो हुने हिमाल र सुशिलको जोडिले नगद २७ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगीतामा प्रदीप श्रेष्ठ र जोसफ ठकुरी तथा गौरव र एन्ड्रेस लिम्बुको जोडी संयुक्त तेस्रो स्थानमा रहे । उनीहरूले नगद ९ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

‘बि’ लेभल मिक्स डबल महिला खुल्लको उपाधि अनमोल राई र गीता राईले हासिल गरे । विजेता जोडिले सदिन्प राई र मनिषा तामाङको जोडीलाई १६–२१, २१–१७ र २१–११ अङ्कले पराजित गरेका थिए । उनीहरुले ३० हजार सहित मेडल,ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

दोस्रो स्थानमा रहेका सन्दिप र मनिषाले नगद १८ हजार सहित मेडल,ट्रफी र संयुक्त तेस्रो स्थानमा रहेका बिशाल थापा र योगिता थापा तथा मनि चाम्लीङ र रोजीकोे जोडीले नगद ५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

धरान नगरस्तर ‘सि’ विजेताको उपाधि आशिष र राई र मनिल राईले हासिल गरे । उनिहरुले नगद १५ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र गरे । दोस्रो जीवन कन्दङवा र कर्णदल लिम्बु, तेस्रो राम लिम्बु र जीवन लिम्बु तथा सकुल गुरुङ र कुमारको जोडीले क्रमश दोश्रो पुरस्कार १० हजार र तेश्रो पुरस्कार ३ र ३ हजार सहित मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरे ।

विजेताहरुलाई प्रमुख अतिथि प्रदेश पूर्व मुख्य मन्त्री राजेन्द्र राई, टंक लिम्बु संयोजक मनि चाम्लीङ राई लगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा प्रदेशका १९१ टिमको सहभागीता थियो ।

प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु बिशाल तामाङ, विनय चौधरी र भोजबहादुर गुरुङ, महेश खडका उपस्थितध थिए । उनिहरुले मैत्रीपूर्ण खेल प्रदर्शन गरे । रेडियो धरानका सञ्चारकर्मी देबिका राईलाई नगद १० हजार सहित सम्मान गरियो ।

सोही अवसरमा मोरङका एउटा हात नभएका अशक्त ब्याडमिटनमा खेलाडी हेम गुरुङलाई नगद ५ हजार सहित सम्मान गरियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक