खेलकुद

धरान व्याडमिन्टन ग्रुपले आगामी जेठ २४ र २५ गते कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता गराउदै

धरान: व्याडमिन्टन खेलको प्रवद्र्धन गर्ने उद्देश्यले भर्खरै गठन भएको धरान व्याडमिन्टन ग्रुपले प्रथम कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजन गर्ने भएको छ ।
विहीबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी व्याडमिन्टन खेलमा भर्खरै उदाउँदै गरेका नयाँ प्रतिभाहरुको प्रतिभालाई निखार ल्याउदै स्वास्थ्य जीवन, भाइचारा तथा आत्मियता बढाउन कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराइएको हो ।
खेलकुदका माध्यबाट पर्यटनको विकास गर्ने, खेल क्षेत्रलाई व्यवसायीकरण गर्ने, व्याडमिन्टन खेलको समानुपातिक विकास गरी खेलाडी उत्पादनसँगै क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय तथा स्थानीय खेलाडीलाई एकै ठाउँमा भेला गराएर अनुभव साटासाट गर्ने, कोशी प्रदेशबाट उत्कृष्ट खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल गराउने लगायतका उद्देश्य राखी गठन भएको धरान व्याडमिन्टन ग्रुपले आगामी जेठ २४ र २५ गते कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष मनि चाम्लिङ राईले जानकारी दिनुभयो ।
भारतीय सेनामा कार्यरत रही निवृत्तभरण भइसकेपछि अध्यक्ष चाम्लिङ र सचिव सरोज क्षेष्ठले खेलकुदको माध्यमबाट स्थानीय स्तरका खेलाडी उत्पादन गरी राष्ट्रलाई योगदानसँगै स्वस्थ्य जीवनका लागि निरन्तर व्याडमिन्टन खेलको प्रवद्र्धनमा यो संस्था गठन गरिएको धरान व्याडमिन्टन ग्रुपका सचिव सरोज श्रेष्ठले जानकारी दिनुभयो ।
उदाउदै गरेका खेलाडीहरुलाई प्रोत्साहन गर्दै प्लेटफर्म तयार पार्नका लागि संस्था गठनसँगै पहिलो पटक कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको आयोजन गर्न लागिएको धरान व्याडमिन्टन ग्रुपका अध्यक्ष मनि चाम्लिङ राईले जानकारी दिनुभयो ।
धरान १३ को अमर सेवा समाजको व्याडमिन्टन कोर्टमा आयोजना हुन लागेको प्रतियोगितामा ‘बी लेवल’ बाट मेन्स डबलमा प्रतिष्पर्धाबाट विजयी प्रथम बन्ने खेलाडीलाई नगद ५१ हजार, दोस्रो हुनेलाई २७ हजार र तेस्रो हुने दुई टिमलाई ९ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै ‘बि लेबल’बाट नै मिक्स डबल लेडिज ओपनतर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई १७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै आन्तरिक धरान नगर स्तरीय अर्थात ‘सी लेबल’का तर्फबाट प्रथम हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ३ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भाग लिन चाहने खेलाडीहरुले मेन्स डबल वि लेवलमा २ हजार, मिक्स डबल वी लेवल लेडिज ओपनमा १ हजार ५ सय र आन्तरिक धरान उपमहानगरपालका स्तरीय प्रतियोगितामा १ हजार इन्ट्री फि राखिएको छ । प्रतियो्गितामा ४ लाख ५ हजार अनुमानित बजेट आयोजकले सार्वजनिक गरेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक