समाज

अदालतमा मुद्धा फैसला नभई जग्गा विक्री गर्ने प्रपञ्च रचेको पीडित परिवारको आरोप


धरान १६ का रामप्रसाद राईले किर्ते गरी जग्गा आफ्नो नाममा पारेको भनि पीडितले जिल्ला अदालत सुनसरीमा मुद्धा हाले पनि जालझेल गरेर विक्री गर्न खोजेको भन्दै पीडित परिवारले सम्बन्धित निकायमा गुहार मागेका छन् ।

राईले धरान उपमहानगरपालिका वडा नं. १५ एभरेष्ट लाइनकी ७२ बर्षीया हर्कमाया लिम्बुको मोरङ जिल्लाको सुन्दर हरैचा दुलारीमा रहेका ८ कट्ठा २ धुर जग्गा लिम्बुकी कान्छी छोरीलाई माया जालमा पारेर जालझेल गरी हडपेको भन्दै जिल्ला अदालत सुनसरीमा ज्येष्ठ नागरिक ठगी मुद्धा चलिरहेको समयमा जग्गा हडप्ने राईले भने उक्त जग्गा विक्रीका लागि जालसाजी गरिरहेको पीडित परिवारले आरोप लगाएका छन् । मुद्धाको किराना नलागिकनै जग्गा अरुलाई विक्री गर्न खोजेकोले पत्रकार सम्मेलन गरि पीडितकी जेठी छोरी नन्दा लिम्बुले जानकारी गराउनु भयो।

मोरङको साविक दुलारी ४ मा रहेको कित्ता नं. ७७९ को जग्गाको विषयमा मुद्धा चलिरहेको अवस्थामा सो जग्गाको वडा कार्यालयबाट बाटोको सिफारिस समेत निकालिसकेको भन्दै २०८१ चैत्र १० गते मालपोत कार्यालय बेलबारी मोरङमा जग्गाको विषयमा अदालतमा मुद्धा चलिरहेको र मुद्धा फैसला नहुन्जेलसम्म अन्यत्र हक हस्तान्तरण गर्न नपाउने गरी रोक लगाउन पीडित हर्कमाया लिम्बुले निवेदन समेत दिनुभएको पीडितकी जेठी छोरी नन्दा लिम्बुले बताउनुभयो ।
सो जग्गा २०८० फागुन २० गते सहमति भई रामप्रसाद राईको नाममा जग्गा फिर्ता हुने गरी सहमति समेत भएको थियो । तर राईले बहिनीसँग प्रेमको नाटक गरी जग्गा हत्याएपछि भने सम्पर्कमै आउन नचाहेको पीडितकी जेठी छोरी लिम्बुले बताउनुभयो । उहाँले अदालतमा ज्येष्ठ नागरिक ठगीको मुद्धा चलिरहेको अवस्थामा मिडियामा समाचार आउनु नियम कानुनभित्र पर्छ पर्दैन तर अदालतको अवहेलना गरी जग्गा कसैलाई विक्री गर्ने नियतले जालसाझ गरेको कुरा थाहा हुन आएकोले सबैलाई सचेत गराउन पत्रकार सम्मेलन गरेको पीडितकी जेठी छोरी लिम्बुले सञ्चारकर्मीहरुलाई बताउनुभयो । उहाँले भोलिका दिनमा आफूजस्तै अरु पनि नठगिउन् अभिप्रायले समाचार सम्प्रेषण गरिदिन सञ्चारकर्मीलाई अनुरोध गरेको बताउनुभयो । ठगी मुद्धामा परेका राई अदालतबाट धरौटीमा छुटेर अहिले मुद्धा फैसला नभएको जग्गा अर्को व्यक्तिलाई विक्री गर्ने जालसाजी गरेकोप्रति अरु पनि सजक रहन प्रकाशित समाचारले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले