
धरानमा ‘न्यू इयर फुड फेस्टिवल’ सोमबारदेखी सुरु हुने भएको छ । धरान बारट्रेनिङ एण्ड बारिस्टा एकेडेमी तथा डेली डोज क्याफेको संयुक्त आयोजनामा फेस्टिबल सुरु हुन लागेको हो । धरान-३ माछाभौडिस्थित डेली डोज क्याफे परिसरमा फेस्टिबल आउदो बैशाख ४ गतेसम्म सन्चालन हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
फेस्टिबलमा बिभिन्न मौलिक खानाका परिकारहरुका १३ वटा स्टलहरु रहने कार्यक्रम संयोजक जिवन राईले बताए । संयोजक राईका अनुसार क्याफेमा रहेको हल तथा कोठाहरुलाई स्टलको रुपमा तयार गरिएको छ । फेस्टिबलमा बिभिन्न प्रकारका कफीका स्वादहरु लिन पाइने आयोजकको भनाइ छ । फेस्टिबलको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र बिक्रम बेघाले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । उद्घाटनमा बिभिन्न जातिय समुदायका झाकी समेत प्रस्तुत गरिने जनाइएको छ । बिहान १० बजेदेखी राती १० बजेसम्म सन्चालन हुने फेस्टिबलमा फेस्टिबल अवधिभर प्रत्येक दिन धरानका स्थानिय ब्यान्डहरुको प्रस्तुती रहने संगीतिक कार्यक्रम इभेन्ट मेनेजर सन्तोष थापा मगरले बताए ।
फेस्टिबलबाट करिब १५ लाख आम्दानी हुने लक्ष राखिएको एकेडेमिका ब्यावस्थापक रणजित राईले बताए ।
व्यापारिक अस्थीरतालाई चलायमान बनाउन तथा धरानमा रहेको युवालाई स्वरोजगार मुलक शीप बिकासमा टेवा पुर्याउने उदेश्यले नयाँ वर्षको अवसर पारेर पहिलो पटक फेस्टिबलको आयोजना गरिएको उनको भनाइ छ ।