व्यवसाय

मोबाईल संघ धरानको अध्यक्षमा पुन: जीवन शाक्य

धरान: हाम्रो मोबाइल संघ धरानकाे अध्यक्षमा जीवन शाक्य पुनः सर्वसहमत चयन भएका छन् । संघकाे शनिबार हरियालीमा भएकाे दास्राे अधिवेशन बाट शाक्यकाे अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन भएकाे हाे ।

अधिवेशनले उपाध्यक्ष बिमला खतिवडा , सचिवमा सबिन लम्साल, कोषाध्यक्ष सचिन पोखरेल तथा सहसचिवमा सुरेन्द्र दाहाल चयन गरेकाे छ । सदस्यहरूमा क्रमश बुद्धराज लिम्बु सन्नी गुप्ता, लुसन मल्ल, मिनकुमार राई, सहिद अनवर, मनिषा राजधामी र आशिष राज यादव चयन भएका छन् ।खाली रहेको एकजना सदस्यको पद पछि मनोनित गरिने सचिव लम्सालले जानकारी दिए । अधिवेशन सगै बार्षिक साधारण सभा उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।

संघका अध्यक्ष जीवन शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे अतिथिहरु नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, उद्योग वाणिज्य सङ्घ सुनसरीका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, अधिवक्ता रविन्द्र कुमार भगत लगाएको उपस्थिति रहेकाे थियाे । साधारणसभाले सचिव सविन लम्सालले पेस गरेकाे बार्षिक प्रगति प्रतिवेदन र काेषाध्यक्ष सचिन पाेख्रेलले पेस गरेकाे आर्थिक प्रतिवेदन समेत सर्वसहमत पारित गरेकाे थियाे ।

छुटाउनुभयो कि ?

व्यवसाय

फेरि फेरि लुगा लगाउनका लागि फेसनएबल धरानमा सुरु भयो “फेरिका”

फेरीकाको अर्थ भन्दा पनि सबैले यहाँ बाट लुगा खरिद गरेर फेरि फेरि लुगा लाउनु पर्छ भन्ने उद्वेश्यले फेरिका नाम राखेको
व्यवसाय

यूएईमा नेपालीले चलाएको प्रसिद्ध ब्रान्ड ‘राफ्फे’ नेपाल भित्रिदै

काठमाडौं : यूएईको प्रसिद्ध मोबाइल एसेसरिज ब्रान्ड राफ्फेले नेपालमा पनि शाखा बिस्तार गर्दैछ। अहिले नेपालको बजार सर्वे गरिरहेको कम्पनीले दुई