
धरान: ११ औं संस्करणको युनाईटेड गोर्खा एकडेमी कप २०८१ को उपाधि छात्रा तर्फ धरान आर्दश र छात्र तर्फ जनता मावि ईटहरीले उपाधि जितेको छ ।
शनिबार धरान – १५ स्थित युनाईटेड गोर्खा एकडेमी परिसरमा भएको जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगिताको फाईनल खेलमा छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरा लाई ३–२ को सेटमा पराजित गदै धरान आर्दशले उपाधि हात पारेको छ भने छात्र तर्फ बालविकास पकलीलाई ३–१ को सेटमा पराजित गर्दै जनता मावि ईटहरीले उपाधि हात पारेको हो ।
छात्रा तर्फ पहिलो सेट २३ र २५ दोस्रो सेट २८–२६तेस्रो सेट २८–२६ चौथो सेट १६ –२५ पाचौं सेट १५–१३ अन्तरले जित निकाल्दै धरान आर्दश र छात्र तर्फ पहिलो सेट २५–१६ दोस्रो सेट २५–२१ तेस्रो सेट २१–२५ चौथो सेट २५–१७ले अन्तरले जित निकाल्दै जनता मावि ईटहरीले युनाईटेड गोर्खा कप २०८१ को उपाधि हात पारेको छ ।
छात्रा छात्र तर्फ उपाधि सँगै धरान आर्दश र जनता मावि ईटहरीले नगद २५ / २५ हजार र छात्रा छात्र तर्फको उपबिजेताले नगद २०/२० हजार सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे । भने तेस्रो पुरस्कार छात्रा छात्र तर्फ डिपोट स्कुल धरान र पूर्वाञ्चल स्कुल तरहराले नगद १५/१५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गरे ।
खेलको म्यान अफ द म्याच छात्रा तर्फ धरान आर्दशकी प्रतिक्षा जोशी छात्र तर्फ जनता स्कुलका कमल श्रेष्ठ घोषित भए । उनीहरुले नगद १२ सय सहित मेडेल प्राप्त गरे ।
व्यक्तिगत विधा तर्फ छात्रा छात्र वेष्ट सर्भिस प्रजिता कार्की र लभ चौधरी, वेष्ट डिफेन्स दिक्षा कार्की र सत्यम लिम्बु ,बेष्ट सेटर प्रियङका मगर र सबिन राई ,वेष्ट स्पाईकर प्रतिक्षा जोशी र समिर गिरी, वेष्ट प्लेयर रमा श्रेष्ठ र कमल श्रेष्ठ, राईजिङ प्लेयर जेनिशा खनाल र बक हाङ राई भएका थिए । उनीहरुले नगद १२ सय सहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन ।
प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो ।