खेलकुद

२५ औ संस्करणको बुढासुब्बा गोल्कपको उपाधि एनआरटीलाई


धरान: साविक विजेता न्युरोड टिम (एनआरटी) ले धरानमा जारी २५ औं बुढासुब्बा आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकको उपाधि उचालेको छ ।
धरान रगशालामा भएको अन्तिम खेलमा एनआरटीले लिग च्याम्पियन चर्च व्वाइज युनाइटेड फुटबल क्लबललाई २–१ गोल अन्तरले जित हात पार्दै उपाधीमाथि कब्जा गरेको हो ।
एनआरटीका तर्फबाट अनन्त तामाङले १ गोल गरेका थिए भने एनआरटीका तर्फबाट दुवै गोल हेनरी पोकोले गरेका थिए ।
चर्च व्याइजका खेलको २४ औ मिनेटमा रोहित कार्कीको पासमा अनन्त तामाङले गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेका थिए । तर लगत्तै खेलको २७ औं मिनेटमा एनआरटीका हेनरी पोकोले १ गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ५७ औै मिनेटमा हेनरी पोकोले पुन १ गोल थप्दै आफ्नो टिमका लागि जित सुनिश्चित गरेका थिए ।
१० औं र २४ औ गोल्डकपको विजेता भएको एनआरटीले २५ औं संस्करको उपाधि समेत उचालेर बुढासुब्बा गोल्डकपको ह्याटिक विजेता बनेको छ । जित सँगै एनआरटीले नगद १० लाख, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको चर्च व्वाइजले नगद ५ लाख, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट गोलकर्ताको टाइटल समिर तामाङ र अर्मोन बेइडुम बन्दै नगद ३५ हजार प्राप्त गरेका छन् । यसैगरी उत्कृष्ट फरवार्डको टाइटल जित्दै बन्दै चर्च व्याइजका समिर तामाङ, उत्कृष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ ,उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गज्छदार, वेष्ट डिफेन्डर चर्च व्वाइजका पदम भट्टराई, वेष्ट मिडफिल्डर चर्च व्वाइजका रोहन कार्की बन्दै जनही २५÷२५ हजार र ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरि प्रतियो्गिताको उत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी बन्दै नगद १ लाख, ट्रफी र प्रमाणपत्र हात प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक