खेलकुद

२५ औं बुढासुब्बा गोल्डकप: एनआरटी काठमाण्डौ फाइनलमा प्रवेश

धरान: काठमाण्डौको न्यूरोड टिम (एनआरटी) २५ औै अन्तर्राष्ट्रिय बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ ।

एनआरटीले युनाइटेड खर्साङ फुटबल क्लबलाई ३–१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
एनआरटीका तर्फबाट खेलको ९ मिनेटमा गिदोन नहाको पासमा शिशिर लेखीले उत्कृष्ट गोल गर्दै खाता खोलेका थिए । त्यस्तै खेलको ४५ औं मिनेटमा र ७६ औ मिनेटमा प्रदीप बुढाथोकीले गोल गरेका थिए भने खर्साङका तर्फबाट एक मात्र गोल खेलको ३१ औ मिनेटमा हेमराज भुजेले गरेका थिए ।
अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा खेलको पूर्वाद्र्धमा दुवै टिम बराबरीमा टुंगिए पनि उत्तरार्धमा एनआरटीले खर्साङलाई दबाबमा राखेको थियो । पूर्वाद्र्धमा एक एक गोल बराबरीमा टुंगिए पनि एनआरटीले उत्तरार्धमा दुई गोल थपेको थियो ।
आजको खेलको म्यान द म्याज एनआरटीका शिशिर लेखी घोषित हुदै नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे ।
उपाधिका लागि २०६६ सालमा एकपटक बुढासुब्बा गोल्डकपको उपाधि उचालिसकेको एनआरटी र पहिलो पटक फाइनलमा पुगेको चर्जव्याइज बीच शनिवार धरान १६ रंगशालामा हुने आयोजकले जनाएको छ ।
धरान फुटबल क्लबको आयोजना भईरहेको प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले नगद एक लाख र सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने छन् ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक