Uncategorized

प्रेस चौतारी नेपालको २७ औं स्थपना दिवस, सुनसरी शाखामा मैत्रीपुण फुटसल प्रतियोगिता

धरान: प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । प्रेस चौतारी नेपाल सुनसरी शाखाले मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरी मगलबार आफ्नो स्थापना दिवश मनाएको हो ।

धरान-१९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । प्रतियोगितामा चौतारीलाई ७-५ गोल अन्तरले पराजित गर्दै महासघ बिजयी बनेको थियो । उक्त कार्यक्रममा केक समेत काटिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेका थिए । सबैसँग एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह-सयोजक देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह-सयोजक भिम ज्वाला राईलगायतको उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा