इटहरी: बिहिबार इटहरीमा सम्पन्न भएको अधिवेशनले विकास चाम्लिङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिसँगै ७ ७ जना केन्द्रीय प्रतिनिध परिषद् र प्रदेश परिषद् पनि सर्वसम्मत चयन भएको छ।
समितिको उपाध्यक्षमा विकल पौडेल र सिमा बस्नेत चयन भएका छन् भने सचिवमा सुदिप पोख्रेल, सहसचिवमा लक्षमण कट्वाल र सन्जु राई, कोषाध्यक्षमा रोशन दाहाल चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रूद्रराज शर्मा जमकटेल र रूपक पराजुली चयन भएका छन् ।
यसैगरि, केन्द्रीय प्रतिनिधिहरुमा शुभद्रा प्याकुरेल, शशी कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव, हिमाल दाहाल, प्रेम बास्तोला र केशव भट्टराई चयन भएका छन् । प्रदेश प्रतिनिधिहरुमा रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर भट्टराई, बावुराम खड्का, रूमा रिजाल र यशोदा सेने चयन भएका छन् ।