धरान विशेष

धरान प्लस टु अरेटरी च्यालेन्जको फाईनलमा उत्कृष्ट १० जना


“धरान प्लस टु अरेटरी च्यालेन्ज-२०८१” को शुक्रबार सम्पन्न सेमि फाईनलबाट १० जना प्रतिष्पर्धीहरु फाईनलका लागि छनोट भएका छन।
-याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा सम्पन्न सेमिफाइनलमा सहभागी १७ जनामध्ये १० जना फाईनलमा प्रबेश गरेका हुन। फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली रहेका छन।
यसैगरी शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका बाल कुमार राई फाइनलमा प्रबेश गरेका छन।
अन्य फाइनलमा प्रबेश गर्नेहरुमा धरान-मेघा हिमालयनका क्याथ्रीन योन्जन, एम्स एकेडेमीका अदिति झा र धरान मा.बि.का स्मृति लिम्बु रहेका छन।
सहभागिहरुलाई युवा र देशको भबिष्य, सहिद र लोकतान्त्र र सामाजिक संजालले युवामा पार्ने प्रभाव गरी तीन वटा शिर्षकहरु दिइएको थियो। जसमध्ये सहभागीले कुनै एउटा शिर्षकमा बोल्नुपर्ने थियो। बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।
प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति मा.बि.का शिक्षक टंक भट्टराई थिए।सोनि यादबले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।