समाज

फोनिज सुनसरीको अध्यक्षमा सुनिल चौधरी निर्वाचित

इटहरी: आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिज सुनसरीको पाँचौँ अधिवेशनमा नयाँ कार्यसमिति चयन प्रक्रियामा अध्यक्ष बाहेक कार्यसमिति सर्वसम्म चयन भएको छ।

अध्यक्ष पदमा सुनिल चौधरी र भोला श्रेष्ठले दिएको उम्मेदवारी दुवैले फिर्ता नलिएपछि सहमतिको प्रयास विफल भएको थियो । अध्यक्षका प्रत्याशी भोला श्रेष्ठको पक्षमा नेवा: पत्रकार दबुले चयन प्रक्रिया बहिस्कार गर्दै फोनिजबाट अलग भएको विज्ञप्ति जारी गरी अधिवेशन स्थलबाट बाहिरिएको थियो । चयन प्रक्रिया बहिस्कार गरे पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका भोला श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका थिएनन् ।

अध्यक्ष पदमा २ जनाको उम्मेदवारी यथावत् रहेकाले आज शुक्रवार भएको मतदानमा सुनिल चौधरी ४६ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचन प्रक्रिया बहिस्कार गरेका भोला श्रेष्ठलाई २ मत परेको थियो । कुल ११४ मतदाता मध्ये ४९ मत खसेको थियो । १ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अधिवेशनको निर्वाचन मण्डलमा प्रदेश अध्यक्ष सन्तवीर लामा, केन्द्रीय सदस्य दिपीन राई, प्रदेश सचिव प्रदीप चौधरी, अधिवक्ता शुकदेव चौधरी, आयोजक समिति सदस्य भोजराज श्रेष्ठ थिए ।

यसअघि बिहीबार भएको उम्मेदवारी दरखास्त प्रक्रियामा कार्यसमिति र केन्द्रीय तथा प्रदेश परिषद् सदस्यहरू निर्विरोध भएका थिए ।

निर्विरोध निर्वाचित कार्यसमितिको उपाध्यक्ष हिमाल राई, सचिव प्रमीला राई, सहसचिव रश्मि प्रधान, कोषाध्यक्ष स्वर्णिम राई छन् । सदस्यहरूमा संस्थागत बुद्धहाङ लिम्बु, सचिन राई, महिला सदस्य स्मारिका राई, टिना चोङबाङ, अल्पसङ्ख्यक कमानसिंह याम्फु, खुला शैलेन्द्र चौधरी, धनराज राई र सरिता चौधरी छन् ।

प्रदेश परिषद् सदस्यहरू कमला चौधरी, श्रवण चौधरी, मेनुका बम्जन, सोहन श्रेष्ठ, नरबहादुर लिम्बु प्रदीप मेन्याङबो, हिन्दुहाङ राई, विशाल राई, यशोदा सेने, राजकुमारी चौधरी, सुक्रान्त राई, चन्द्रबहादुर पोमो, सप्रिया राई छन् ।

केन्द्रीय परिषद् सदस्यहरूमा महेश श्रेष्ठ, भोजराज श्रेष्ठ, धिरेन्द्रकुमार चौधरी, कुलदिप चौधरी, गोपाल देवान, निलिफा सुब्बा, सुन्नीमा राई, जनकऋषि राई, उपेन्द्र चाम्लिङ, श्रीशिशा राई, प्रदीपकुमार चौधरी बासमैत छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले