खेलकुद

१९ औ अम्वर ललित डिपो कप,काम्रेल, प्रभात र पुलिस स्कुल विजयी

धरान: डिपो स्कुलको आयोजनामा शुक्रवार देखि सुरु भएको १९ औ अम्वर ललित डिपो कपको दोस्रो दिनको खेलमा काम्रेल हाई स्कुल, प्रभात इङ्गिलिस स्कुल र पुलिस स्कुल विजयी भएको छ ।

शनिवार भएको पहिलो खेलमा काम्रेलहाइ स्कुलले जयसोया स्कुललाई २–० गोल अन्तरले पराजित गरेको छ । खेलमा दुवै गोल काम्रेलका दर्शन राईले गरेका थिए । सोहि दिन भएको दोस्रो खेलमा प्रभात स्कुलले धरान लिगामेन्ट स्कुललाई २–० गोल अन्तरले नै पराजित गरे । खेलमा प्रभात स्कुलका सिमन्स शेर्पा र दिशन बराईलीले गोल गरे । यसै गरि अन्तिम खेलमा पुलिस स्कुलले आइडल इङ्गिलिस वोर्डिङ्ग स्कुललाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेका छन । खेलमा पुलिस स्कुलका नेयुस खड्काले एक्लैले ५ गोल र सविन वुढाथोकि, अन्सु वास्फोर र सयन राईले एक एक गोल गरेका थिए ।
दोस्रो दिनको खेलमा जयसोया स्कुलका प्रनिस राई, धरान लिगामेन्टका रामकृष्ण मेहेता र आइडल स्कुलका रिकेश खत्री म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यवस्थापन समिति सदस्य द्धिपराज राईले ट्रफि प्रदान गरे ।

भोलिको खेल समिट स्कुल र इमानुयल, दिल्ली पव्लिक र नोवेल एकेडेमि, माउन्ट हर्मन र डिपोट निलो र सुनखरी र हिविस्कस स्कुल बीच प्रतिस्पर्धा हुनेछ ।

कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । पुस १२ गते देखि १९ गते सम्म सम्पन्न हुने प्रतियोगिताको खेल डिपो स्कुलको खेल मैदानमा भइरहेको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक