धरान: प्रेस स्वतन्त्रतामा आफु गम्भीर रहेको गृहमन्त्री रमेश लेखकले बताउनु भएको छ। शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान नगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।
‘सरकार संविधानको मर्म अनुसार अगाडि बढ्छ। संविधानले प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको विषयमा संखा नगर्न गृहमन्त्री लेखकले आग्रह गर्नु भयो।
धरानका मेयर हर्क साम्पाङले पत्रकार विरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै पत्रकार महासंघ सुनसरीले गृहमन्त्री समक्ष ध्यानकर्षण पत्रसमेत बुझाएका छन्। बुधबार पत्रकारले बुझाएको ध्यानकर्षण पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले लोकतन्त्रमा प्रेस पूर्ण रुपमा स्वतन्त्र हुने उल्लेख गर्नुभयो।
पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्ष जनकऋषि राई लगायत सम्पूर्ण पत्रकारहरुले शुक्रबार धरानमा गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएका छन।
मेयर साम्पाङले पत्रकार गोपाल दाहाल र पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमार्फत धम्की दिनुभएको थियो।