धरान विशेष

रोजनको खुलासा ‘ दबाबका कारण फिनेल पिएँ’


धरान: फिनेल सेवनपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विद्यार्थी रोजन शंकरले ‘बाहिरी दबाब र इगोका कारण’ आफूले फिनेल सेवन गरेको बताएका छन्।
मंगलबार धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले प्रतिष्ठानमा उपचाररत शंकरलाई जुस खुवाउँदै अनशन तोडाएका छन्।
अनशन तोड्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शंकरले आफू बाहिरी दबाबका कारण फिनेल पिउन बाध्य भएको बताए।
शंकरले भने ‘दबाब र इगोको कारण फिनेल पिएको हुँ ।,’
उनलाई सञ्चारकर्मीले ‘तपाईंलाई कसले दबाब दियो ?’ भनेर प्रश्न गरेका थिए। जवाफमा शंकरले अहिले त्यसबारे विस्तृतमा बताउन नसक्ने बताए।
‘पछि निको भएपछि सबै कुरा डिटेल भन्छु, अहिले अति नै गाह्रो छ,’ उनले भने।
शंकरले आफूलाई दबाब दिने व्यक्ति वा पक्षको नाम भने तत्काल खुलाएका छैनन्।
धरान ११ को ज्ञानोदय मावि र धरान ६ को सरस्वती माविमा रिक्त शिक्षक दरबन्दीमा तत्काल शिक्षक नियुक्तिको माग गर्दै आन्दोलनमा रहेका शंकरले केही दिनअघि धरान उपमहानगरपालिका परिसरमा फिनेल सेवन गरेका थिए। फिनेल सेवनपछि उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
घटनापछि फिनेल उपमहानगरपालिका परिसरमा आन्दोलनमा सहभागी विद्याथी सौगात विकले आफुले रोजनलाई दिएको स्वकार गर्दे आफुलाई सञ्जीता धमलाले दिएको नगरप्रमुख कार्यकक्षमा बताएका थिए । घटनाको सीसीटीभी फुटेज हेरेर सौगातलाई सोध्दा सञ्जिता धमलाले दिएको भन्ने भनाइ सार्वजनिक भएको बेघाले बताए । बेघाले मंगलबार प्रतिष्ठान परिसरमा सञ्चारकर्मी माझ छानविन समिती बनाउने र अझ सत्यतथ्य विवरण बाहिर ल्याउने बताएका छन ।
शंकरले मंगलबार अनशन तोडे पनि फिनेल सेवन गर्न आफूलाई दबाब दिने व्यक्ति वा पक्षबारे उनले ‘निको भएपछि सबै कुरा डिटेलमा बताउने’ बताएपछि घटनाको उक्त पाटो अझै खुल्न बाँकी छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।