समाज

बाढीपीडित राहत कोषमा नेपाली कम्युनिष्ट पार्टी धरानको १ लाख १४ हजार ६ सय ५५


धरान: नेपाली कम्युनिष्ट पार्टी धरान उपमहानगर कमिटीले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख १४ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको छ।
पार्टीका धरान उपमहानगर कमिटी संयोजक सिपी बजगाईँको संयोजकत्वमा बिहीबार धरान बजार क्षेत्रमा राहत संकलन गरी उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको हो।
पार्टीले बिहीबार बिहान ११ बजेदेखि दिनभर बजार क्षेत्रमा राहत संकलन गरेको थियो। संकलित रकम साँझ प्रधानमन्त्री राहत कोषमा पठाइएको संयोजक बजगाईँले जानकारी दिए।
उनका अनुसार विपद्को समयमा सहयोग गर्ने संस्कारको विकाससँगै अन्य सहयोगी हातलाई समेत प्रेरणा मिलोस् भन्ने उद्देश्यले राहत रकम प्रदान गरिएको हो।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले राहत संकलन गरिएको पार्टीले जनाएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले