धरान विशेष

धरानमा सामाजिक सद्भाव र्‍याली, ‘विविधतामा एकता’को सन्देश

धरान: सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा आइतबार धरानमा सामाजिक सद्भाव र्‍याली सम्पन्न भएको छ।
‘सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गरौं’ भन्ने नारासहित आयोजित र्‍याली भानुचोकबाट सुरु भई छाताचोक, सिंहदेवी चोक, माछाभौडी हुँदै पुनःभानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले धरान विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै एउटै आँगनमा हिन्दू, मुस्लिम, किराँत, बौद्ध र क्रिश्चियन समुदाय मिलेर बसेको उदाहरण देशभर फैलाउनुपर्ने बताए।
उनले विभाजनकारी सोच र समाजमा फैलिन खोज्ने असहिष्णुताविरुद्ध सबैले संयमता अपनाउनुपर्नेमा जोड दिँदै पारस्परिक सम्मान र सहअस्तित्व नै धरानको पहिचान भएको बताए।
बेघाले धरानलाई पहाड, तराई र मधेशबीचको सांस्कृतिक सेतुका रूपमा उल्लेख गर्दै सबै जातजाति,भाषा, धर्म तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले र्‍याली सफल बनाउन सहयोग गर्ने सम्पूर्ण जातजाति, धर्म र समुदायप्रति धन्यवाद व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको बताए।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।