समाज

धरानमा बालबालिका क्षमता विकास कार्यक्रम सम्पन्न


धरान उपमहानगरपालिका नगर बाल सञ्जालको आयोजना, सामाजिक विकास महाशाखाको सहजीकरण तथा भ्वाइस अफ चिल्ड्रेनको सहकार्यमा बालबालिका क्षमता विकास तथा अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
बालबालिकाको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा समसामयिक विषयमा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शिर्जना नेपाल रहेको थियो। कार्यक्रममा सामाजिक विकास महाशाखाका प्रमुख अनन्त राई विशेष अतिथिका रूपमा सहभागी रहेको थियो।
कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेन कोशी प्रदेश कार्यालयका साइबर सुरक्षा परियोजना अधिकृत पूजा भण्डारी र परियोजना सहायक प्रकाश परियारले प्रशिक्षण दिएका थिए। साथै धरान उपमहानगरपालिकाका अधिकृत आठौँ वेदप्रसाद सापकोटाले पनि सहजीकरण गरेका थिए।
नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालबालिकाहरूको क्षमता अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी सचेतना तथा नेतृत्व विकासका विषयमा अन्तरक्रियात्मक प्रशिक्षण प्रदान गरिएको थियो। कार्यक्रमबाट सहभागी बालबालिकाहरू लाभान्वित भएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले