खेलकुद

मिस्टर धरान २०८३’ असोज २३ र २४ गते हुने

धरान: शारीरिक सुगठन खेलको विकास, खेलाडी उत्पादन तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यसहित २३ औँ ‘मिस्टर धरान २०८३’ आयोजना हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक एमडी–१६ स्टुडियो फिटनेस धरानले प्रतियोगिता आगामी असोज २३ र २४ गते आयोजना गरिने जानकारी दिएको हो। प्रतियोगिता बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरस्थित सदन स्कुल हल र दशहरा हलमा सञ्चालन हुनेछ।
लामो समयदेखि धरानमा सञ्चालन हुँदै आएको ‘मिस्टर धरान’ प्रतियोगिताको निरन्तरताका रूपमा यस वर्षको २३औँ संस्करण आयोजना गर्न लागिएको हो। शारीरिक सुगठन खेललाई वैज्ञानिक प्रशिक्षण प्रणाली र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अघि बढाउँदै दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
प्रतियोगिता पाँच तौल समूहमा सञ्चालन हुनेछ। ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी तथा ७० केजीमाथि समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामार्फत युवालाई अनुशासित, स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ आकर्षित गर्दै धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको जनाइएको छ।
प्रतियोगिताका विजेताले २ लाख ५० हजार रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ तथा तेस्रो हुनेले ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, चौथो हुनेले ३० हजार रुपैयाँ र पाँचौँ हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। ‘बेस्ट पोज’ र ‘मोस्ट मस्कुलर’ विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
यसपटक खेलकुद पत्रकारितामार्फत शारीरिक सुगठन क्षेत्रको प्रचार–प्रसार र प्रवर्द्धनमा योगदान पुर्‍याउने एक पत्रकारलाई नगद १० हजार रुपैयाँसहित ‘एमडी–१६ पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको छ।
आयोजकका अनुसार प्रतियोगिताले धरानमा शारीरिक सुगठन खेलको लोकप्रियता बढाउनुका साथै नयाँ प्रतिभावान खेलाडीको पहिचान र उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरेको छ ।
एमडी–१६ स्टुडियो फिटनेस धरानको आयोजनामा तथा धरान उपमहानगरपालिकाको सहयोग र बडी बिल्डिङ संघ सुनसरीको समन्वयमा प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक