
सुनसरी: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले प्राप्त जनादेशले उपयुक्त ठान्दैन भने प्रदेश संरचना अकाट्य नहुने बताएका छन् ।
शनिबार इटहरीमा आयोजित कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रम बोल्दै मुख्यमन्त्री कार्कीले जनादेशले यो संरचना उपयुक्त नठाने आफूले आत्मसात गर्ने बताए ।
‘यो संरचना चाहिन्छ नै, अकाट्य हो भन्ने ठाउँमा पनि छैन । अहिले प्राप्त जनादेशले उपयुक्त ठान्दैन भने त्यो कुरालाई मैले आत्मसात गर्नुपर्छ ।’ मुख्यमन्त्री कार्कीले भने ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आठ वर्षमा अभूतपूर्व काम गरेको बताए । तर त्यसको प्रचार कसैले नगरेको आशय व्यक्त गरे । उनले भने, ‘हाम्रो बारेमा बोल्दिने, लेख्दिने मिडिया र मान्छेहरू पाएका छैनौं ।’

