धरान विशेष

धरानमा विपद् पूर्वतयारी तीव्र: उद्धार सामग्री र आकस्मिक सम्पर्क नम्बर सार्वजनिक गरिने

धरान: मौसम पूर्वानुमान महाशाखाको सूचनालाई मध्यनजर गर्दै धरान उपमहानगरपालिकाले सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी तीव्र पारेको छ ।

शुक्रबार बिहान १० बजे कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाको कार्यलयमा बसेको विशेष बैठकले विपद् व्यवस्थापनका लागि विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।

बैठकले विपद्को समयमा तत्काल परिचालन हुन सक्ने गरी तयारी गर्ने निर्णय गरेको छ । बैठकले आपत्कालीन अवस्थामा प्रयोग हुने उद्धारका सामग्रीहरूलाई तयारी अवस्थामा राख्ने, नागरिकले विपद्को समयमा तत्काल सहयोग माग्न सक्ने गरी अत्यावश्यक मोबाइल नम्बरहरू छिट्टै सार्वजनिक गर्ने, विभिन्न निकायहरूसँग समन्वय गरी जनशक्तिलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोजित उक्त बैठकमा नगरका विभिन्न सुरक्षा तथा सामाजिक निकायहरूको उपस्थिति थियो । बैठकमा नगरपालिकाको पूर्व विपद् तयारी समिति, इलाका प्रहरी कार्यालय धरान, इलाका प्रशासन कार्यालय धरान, नेपाल रेडक्रस सोसाइटी, धरान उद्योग वाणिज्य संघ तथा नगर प्रहरीका प्रतिनिधिहरूको सहभागिता थियो।

बैठकले मौसमको प्रतिकूलताबाट हुन सक्ने क्षति कम गर्न सबै निकायले आ-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्ने प्रतिबद्धता समेत जनाएको छ ।

धरानमा विपद् पूर्वतयारी : उद्धार सामग्री र आकस्मिक सम्पर्क नम्बर सार्वजनिक
यस्ता छन् निर्णय
१. उद्धार सामग्री चुस्तदुरुस्त राख्ने
२. अत्यावश्यक मोबाइल नम्बर सार्वजनिक गर्ने
३. रेडक्रसको एम्बुलेन्स तयारी अवस्थामा राख्ने
४. ‘चेन स वुड कटर’ को व्यवस्थापन गर्ने
५. विद्युत कर्मचारी, दमकल, नगर प्रहरी तयारी अवस्थामा राख्ने
६. समन्वयको जिम्मा प्रशासन महाशाखालाई दिने
७. नन फुड आइटम रेडक्रसले व्यवस्थापन गर्ने
८. खाद्यान्नको व्यवस्थापन उद्योग वाणिज्य संघले गर्ने
९. एम्बुलेन्सको सूची तयार गर्ने
१०. ह्वाट्स एप ग्रुप बनाउने
११. माइकिङ गर्ने
१२. वुड कटर खरिद गर्ने

अत्यावश्यक नम्बर- जेसिबी (नरेश मगर) 9801842238
नेपाल प्रहरी- 9852090126
सशस्त्र प्रहरी- 9851272036
दमकल – 9842038299/ 025570199
विद्युत प्राधिकरण- 9842095638

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।