शिक्षा

धरान १५ वडा कार्यलयद्वारा बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण

धरान: धरान उपमहानगरपालिका वडा नम्बर १५ स्थित शिवगंगा बस्तीमा रहेको सिलाम साक्मा बाल विकास केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष नरेश इवारामले करिब १ लाख रुपैयाँ बराबरको सामग्री बाल विकास संरक्षण समितिका अध्यक्ष रत्न लिम्बूलाई हस्तान्तरण गरे ।

हस्तान्तरित शैक्षिक सामग्रीमा बालबालिकाका लागि आवश्यक खेलकुदका सामान र शैक्षिक सामग्री छन् । उक्त सामग्री र भवनको सिलिङ निर्माणका लागि रोटरी क्लब अफ घोपाले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष इवारामले बालबालिकाको प्रारम्भिक विकासमा यस्ता सामग्रीले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । रोटरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको भौतिक सुधार (सिलिङ निर्माण) र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको स्थानीयले प्रशंसा गरेका छन् ।
हस्तान्तरण कार्यक्रममा संरक्षण समितिका प्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी र अभिभावकहरूको उपस्थिति थियो ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई