शिक्षा

रोटरी क्लव अफ धरान घोपाले बालबिकास केन्द्रमा व्याग र शैक्षिक सामग्री वितरण

रोटरी क्लव अफ धरान घोपाले सिलाम साक्मा बालविकास केन्द्र धरान १५ र जनजागरण बाल विकास केन्द्र धरान २० देवीगाउका २५/२५ जना नानीहरूलाई व्याग तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।
विद्यालय प्रयोजनको लागि आवश्यक व्याग तथा विभिन्न स्टेशनरी सामग्री वितरण गरेको क्लवका अध्यक्ष इश्वर ताम्राकारले जानकारी दिए।
क्लबले बालबालिकाको शैक्षिक सहजताका लागि उक्त सहयोग हस्तान्तरण गरेको हो।
कार्यक्रममा क्लबका अध्यक्ष ताम्राकारले शिक्षा नै समाज रूपान्तरणको आधार भएको उल्लेख गर्दै बालबालिकालाई प्रारम्भिक चरणमै आवश्यक सहयोग उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण रहेको बताए । क्लवका अध्यक्ष ताम्राकारले बालबिकास केन्द्रलाई सुविधासम्पन्न बनाउन सिलिङ छत निर्माण गरिदिने वचन समेत दिएका छ्न ।
ताम्राकारले विद्यालयको भौतिक संरचना सुधार्न रोटरीले थप मद्दत पुर्‍याउने बताए ।
उनले विगतदेखि नै क्लबले शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सिलाम साक्मा बालविकास केन्द्रका अध्यक्ष रत्न नेम्वाङले क्लबप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले नानीहरूको पढाइप्रति उत्साह बढ्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय अभिभावकहरूले समेत सामाजिक संस्थाहरूको सक्रियताले समुदायमा सकारात्मक सन्देश प्रवाह भएको बताएका छन्।
रोटरी क्लव अफ धरान घोषाले समुदायमुखी कार्यक्रममार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई