राजनिती

धरानको स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ लाग्छ: मञ्जु भण्डारीको


धरान: नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले धरान–८ मा निर्माणाधीन स्मार्ट बसपार्कमा एमालेको ‘मैयानी हक’ रहने दाबी गरेकी छन्।
मंगलबार धरानमा आयोजित प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले,सुनसरी क्षेत्र १ को प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै भण्डारीले स्मार्ट बसपार्क एमाले नेतृत्वको समयमा सुरु भएकाले “इनिसिएसन मात्र होइन, एमालेले मैयानी हक नै राख्ने” बताइन्।
उनले “बसपार्कमा मैयानी हक राख्ने” र “एमालेको पालामा बनेको हो” भन्ने दाबी दोहोर्याउँदै यससम्बन्धी प्रमाणिक तथ्यका लागि स्थानीय सरकारका आधिकारिक अभिलेख र निर्णयपत्र नै आधार हुने स्पष्ट गरिन्।
बसपार्कजस्ता संरचनाको स्वामित्व र व्यवस्थापन सरकारी नीति तथा स्थानीय प्रशासनको निर्णयबाट निर्धारण हुने उनको भनाइ थियो।
भण्डारीले आफू कार्यवाहक मेयर हुँदा क्षेत्रको ८२ प्रतिशत भागमा विद्युतीकरण सम्पन्न भइसकेको, जिल्लाभरि १०० प्रतिशत विद्युतीकरण र पूर्ण दूरसञ्चार कभरेज लक्ष्यसहित काम अघि बढेको जानकारी दिइन्। टेलिफोन टावर वा पोल अभाव रहेका क्षेत्रहरू समेट्न नेपाल टेलिकमसँग समन्वय बताईन।
टिकाराम लिम्बुको २२ बुँदे पर्यटन–केन्द्रित प्रतिबद्धता
कार्यक्रममा एमालेले सुनसरी क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार टिकाराम लिम्बूलाई जिताउन २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
प्रतिबद्धता पत्रमा केबलकारदेखि जंगल सफारीसम्मका दीर्घकालीन पर्यटन योजना समेटिएका छन्। प्रतिबद्धता पत्रमा सुनसरी क्षेत्र १ का पर्यटकीय क्षेत्रको एकीकृत पर्यटन गुरुयोजना तयार गरी आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ।
धरतीकै पहिलो तीर्थस्थल मानिने वराहक्षेत्रको प्रवर्द्धन, पूर्ण सुरक्षा तथा सौन्दर्यकरण गर्दै सहज आवागमनका लागि सुविधा सम्पन्न सडक निर्माण गर्ने प्रतिबद्धता गरिएको छ।
चतरा सूर्यकुण्ड सडक निर्माण सम्पन्न गरी सूर्यकुण्डको संरक्षण, संवर्द्धन तथा यस क्षेत्रको कृषि र होमस्टे प्रवर्द्धन गरिनेछ।
धरानबाट भेडेटार हुँदै नाम्जेसम्म सञ्चालन गर्ने प्रस्तावित केबलकार निर्माणका लागि सार्वजनिक (निजी साझेदारी नीतिअन्तर्गत सहजीकरण गरिने उल्लेख छ। यस्तै, उपयुक्त स्थानहरूमा पर्यटन सूचना केन्द्र तथा रिफ्रेसमेन्ट सेन्टर निर्माण गरिने योजना पनि समेटिएको छ।
प्रतिबद्धता पत्रमा रासतालदेखि अमाहा सिमसारसम्म जंगल सफारी मार्ग निर्माण गर्ने उल्लेख छ। साथै, भेडेटारदेखि जामुने, सेर्गे हुँदै हर्दिया जोड्ने मार्ग निर्माण तथा व्यवस्थापन गरिनेछ। पर्यटन केन्द्रित पदमार्गहरू (बृहत्तर वराहक्षेत्र परिक्रमा मार्ग, विजयपुर गढीदेखि साँगुरी गढीसम्मको युनिफिकेसन ट्रेल पदमार्ग र विजयपुर परिक्रमा मार्ग निर्माण गर्ने योजना पनि समावेश गरिएको छ।
यसैगरी, विगतमा आफ्नो पहल र समन्वयमा धरान लेउती सुरुङ मार्गको सम्भाव्यता अध्ययन नेपाल सरकारबाट सम्पन्न भई प्राथमिकता नम्बर १ मा राखिएको उल्लेख गरिएको छ। रासताल, शंकरवेली सिमसार र अमाहा सिमसार हुँदै सम्पूर्ण तराईलाई धरानसँग जोड्ने रणनीतिक महत्वका सडक निर्माण गर्ने प्रतिबद्धता पनि पत्रमा छ।
हर्दियामा निर्माण सुरु गरिएको मनमोहन स्मृति पार्क, धरान १७ स्थित सप्तरंगी पार्क र धरान २० मा निर्माणाधीन गोर्खा स्मृति पार्क सम्पन्न गरी सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।
पर्यटनतर्फ, आमसिमशरदेखि क्षेत्रीय पार्कहरूसम्म फैलिएको क्षेत्रको पर्यटन सम्भावनालाई प्राथमिकतामा राख्दै, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको दीर्घकालीन संरक्षण, व्यवस्थापन र सरकारी अनुगमन सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३