राजनिती

राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी घोषणा सभा धरानमा हुने


धरान: राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा पुस १९ गते धरानको भानुचोकमा आयोजना हुने भएको छ।
मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सुनसरी अध्यक्ष युमेन हाङ राईले सुनसरी जिल्ला समिति गठन भइसकेको जानकारी दिँदै पार्टीको बृहत् उपस्थितिसहित घोषणा सभा आयोजना गर्न लागिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले नगरप्रमुख हर्क साम्पाङप्रति कटाक्ष गर्दै “आवेगको होइन, निष्ठाको राजनीति आवश्यक छ ।” हुचुवाको भरमा राजनीति गर्नु नहुने राईले बताए । उनले नगरप्रमुख साम्पाङले आवेग र कुन्ठा सहितको राजनिती गरेको भन्दै आवेगको भरमा राजनिती नहुने उनको भनाई थियो ।
अध्यक्ष राईका अनुसार पार्टीका प्रमुख एजेण्डामा प्रत्यक्ष राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमानदार राजनीति, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा, राष्ट्रिय पहिचान, देश विकासलाई प्राथमिकता, ‘नेपालको युवा नेपालमै’, पारदर्शी सरकार, न्याय, शिक्षा र स्वास्थ्यको सुदृढ व्यवस्था, आर्थिक स्तम्भको विकास, चुनावमा एकता र सहकार्य तथा सहिदको रगत, घाइतेको पीडा र अभिभावकको आँशु फेरि इतिहासको पानामा मात्र सीमित नहोस् भन्ने विषय समावेश छन्।
अन्य जिल्लामा घोषणा सभा सम्पन्न गरिसकेको पार्टीले सुनसरी घोषणा सभामार्फत पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार,नीति तथा कार्यक्रम स्पष्ट रूपमा सार्वजनिक गरिने अध्यक्ष राईले जानकारी दिए।
घोषणा सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पोर्तेल जेन–जी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका घाइते हुन्। पार्टी सचिव शिवराज जिमीका अनुसार विशेष अतिथिका रूपमा पूर्व आईजिपी सर्वेन्द्र खनाल, पूर्व प्रधान सेनापति माधव सुन्दर खड्का तथा पार्टीका केन्द्रीय प्रवक्ता सहभागी हुनेछन्।
यसैगरी,पार्टीका अध्यक्ष हाङ राईले निर्वाचनका लागि उम्मेदवार चयन तथा सिफारिस अन्य जिल्लामा सम्पन्न भइसकेको र सुनसरीमा प्रक्रिया जारी रहेको जानकारी दिए। उनले पार्टीको अस्तित्व गुम्ने गरी कसैसँग पनि पार्टी एकता नहुने स्पष्ट पारे।
उनले जेन–जी सहिद परिवार, घाइतेहरू तथा सचेत नागरिकहरूले देशलाई अग्रगतिमा लैजाने उद्देश्यसहित स्थापना गरेको राष्ट्रिय परिवर्तन पार्टीको सभामा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने बताए ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३