स्वास्थ्य/जिवनशैली

मधुमेह दिवस: औपचरिकतामा मात्र सीमित नभई जीवनमा समेत सार्थकता बनाउनुपर्ने चिकित्सकहरुको जोड


धरान: विश्व मधुमेह दिवस २०२५ का अवसरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । विश्वभर मधुमेहबारे जनचेतना फैलाउने उद्देश्य रहेको यस दिवसमा प्रतिष्ठानले बाल मधुमेह सेवा सुदृढीकरणमा केन्द्रित विभिन्न गतिविधि सञ्चालन गरेको छ ।
कार्यक्रमका क्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ, रेक्टर प्रा.डा. सञ्जीव कुमार शर्मा, रजिस्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौला तथा बालरोग विशेषज्ञ डा. गौरीशंकर साहसँग भेटघाट तथा संवाद सम्पन्न गरेको थियो । बाल मधुमेह सेवा विस्तार र प्रभावकारिता वृद्धि गर्ने विषयमा सहभागीहरूबीच छलफल भएको थियो ।
कार्यक्रममा बाल मधुमेहबाट प्रभावित बालबालिका तथा अभिभावकहरूसँग अन्तरक्रिया, परामर्श तथा मनोसामाजिक सहयोग प्रदान गरिएको प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहले जानकारी दिनुभयो । उहाँले मधुमेहको दीर्घकालीन व्यवस्थापन, इन्सुलिन प्रयोग, पोषण, जीवनशैली, तनाव नियन्त्रण तथा नियमित परीक्षणबारे विस्तृत अभिमुखिकरण गरिएको जानकारी दिनुभयो । उहाँले ग्लुकोज स्क्रिनिङ, जोखिम मूल्यांकन, इमरजेन्सी तथा वार्डस्तरमा परामर्श सेवा गरिएको जानकारी दिनुभयो ।
विद्यार्थी तथा चिकित्सकहरूको सहभागितामा मधुमेहबारे सचेतना सन्देश र शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनु थियो ।

प्रतिष्ठानमा हरेक बुधबार दिउँसो सञ्चालन हुने बाल मधुमेह क्लिनिकमार्फत बालबालिकालाई इन्सुलिन, ग्लुकोमीटर, टेस्ट स्ट्रिप तथा आवश्यक सामग्री निशुल्क वितरण गर्दै उपचार र अनुगमनलाई सरल र सहज बनाइएको उहाँको धारणा थियो । आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाका लागि यो सेवा निकै सहयोगी बन्ने डा. सिंहको भनाई छ ।
चिकित्सकका अनुसार मधुमेह जीवनशैली, आनुवंशिकता र दैनिक बानीसँग सम्बन्धित दीर्घकालीन अवस्था भएकाले समयमै पहिचान, नियमित परीक्षण, स्वस्थ्य भोजन, शारीरिक सक्रियता, तनाव व्यवस्थापन तथा चिकित्सकको सल्लाहको निरन्तर पालन आवश्यक रहेको जनाइएको छ। यी अभ्यास अपनाउन सके मधुमेहलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्न सकिने उनीहरुको भनाई छ ।
सो कार्यक्रममा एमडी असरुल अन्सारी, सिरु प्रधान, उषा कुमारी दास, जुलेखा खातुन, शिवेन्द्र कुर्मी, अभय शुक्ला, एमडी उस्मान, प्रविन भट्टराईले ठूलो सहयोग गरेका थिए ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका