शिक्षा

ढुङ्गेकला पार्कमा हिविस्कस स्कुलका विद्यार्थीहरुद्वारा अवलोकन

धरान –१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलका बिद्यार्थीहरुले शुक्रवार धरान–४ स्थित ढुङ्गेकला पार्कको अवलोकन गरे।
धरान–४ का वडा अध्यक्ष धन बहादुर राईले उनीहरूलाई पार्क घुमाउदै ढुङ्गामा कुदिएका गौतम बुद्ध, डा.सन्दुक रुईत, पारस खड्का, फुटबल खेलाडी प्रीति राई, कुलमान घिसिङ जस्ता ब्यक्तित्वहरुको बारेमा बताउदै पार्कको महत्वबारे बताए। वडा अध्यक्ष राईका अनुसार उक्त पार्क निर्माणमा वडा, उपमहानगरपालिका वा सरकारको एक रुपैया समेत खर्च नगरी देश-बिदेशमा रहेका विभिन्न मनकारी दाताहरुको सहयोग र मुर्तिकारहरुको श्रमदानमा निर्माण भएको हो।
स्कुलका निर्देशक गङ्गाराम कुलुङले सामाजिक शिक्षामा समेत स्थानीय स्तरमा भएका ऐतिहासिक, पुरातात्त्विक महत्वले भरिएका सम्पदाहरुको भ्रमण गराई ब्यबहारिक ज्ञान दिनुपर्ने भएकाले बिद्यार्थीहरुलाई पार्कको भ्रमण गराईएको बताए।
छात्रा आस्था उदासले पार्कको भ्रमण गर्दा देशका विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुको चित्र कुदिएको देखेर धेरै राम्रो लागेको अनुभव सुनाईन। त्यस्तै अर्का छात्रा प्रीयन्का तामाङ्ले पार्क घुमिसके पछि ढुङ्गै ढुङ्गाबाट पनि यति राम्रो र कलात्मक पार्क निर्माण हुदोरहेछ भन्ने आफुलाई थाहा भएको बताईन। बिद्यार्थीहरु सङ्गै शिक्षक शिक्षिकाहरु समेत पार्कको अवलोकन गरेका थिए।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई