शिक्षा

“हिबिस्कस क्विज मेनिया सिजन ४” पौष ९ र १० गते हुने

धरान–१५ मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल (प्रा.लि.) ले आगामी पौष ९ र १० गते दुई दिने अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता “हिबिस्कस क्विज मेनिया सिजन ४” आयोजना गर्ने भएको छ। विद्यालयका अनुसार प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाबाट करिब १५० विद्यालय सहभागी हुने अपेक्षा गरिएको छ।

विद्यालयका निर्देशक गंगाराम राईका अनुसार हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले स्थापना कालदेखि नै शिक्षा, अनुशासन र नैतिकताको त्रिभुजमा आधारित भएर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। धरानलाई शिक्षा र संस्कृतिको केन्द्रका रूपमा परिचित बनाउने उद्देश्यका साथ विद्यालयले २०६२ सालदेखि सञ्चालन गर्दै आएको छ। उनले विद्यालयले केवल पठनपाठनमा मात्र नभई विद्यार्थीको बौद्धिक, नैतिक र सामाजिक विकासमा पनि जोड दिँदै आएको बताएका छन्।

विद्यालयले शिक्षा सबैका लागि भन्ने उद्देश्यका साथ निम्न आयस्तरका परिवारका बालबालिकालाई समेत गुणस्तरीय शिक्षामा पहुँच दिलाउँदै आएको छ। समावेशी शिक्षाको माध्यमबाट उज्यालो भविष्य निर्माण गर्दै आएको विद्यालयले विद्यार्थीको क्षमता पहिचान र प्रतिभा अभिवृद्धिको लागि विगत तीन वर्षदेखि अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्दै आएको हो।

गत वर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गरेपछि यस वर्ष प्रतियोगिताको दायरा अझ फराकिलो बनाउँदै कोशी प्रदेशस्तरीय खुला प्रतिस्पर्धाका रूपमा विस्तार गरिएको विद्यालयले जनाएको छ। विद्यालयले प्रतियोगितालाई थप प्रभावकारी र समावेशी बनाउनका लागि जुनसुकै विद्यालयले पनि भाग लिन पाउने व्यवस्था गरेको छ।

यस वर्षको प्रतियोगितामा पहिलो हुने टिमले नगद रु. २० हजारसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले नगद रु. १५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन्। तेस्रो हुने टिमलाई रु. ८ हजार, चौथोलाई रु. ६ हजार, पाँचौँलाई रु. ४ हजार र सान्त्वना पुरस्कारको रूपमा रु. २ हजारसहित प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।

पुष ९ गते हुने प्रारम्भिक चरणबाट फाइनलमा प्रवेश गर्ने, छ वटा टिमले पुष १० गते अन्तिम प्रतिस्पर्धा गर्नेछन्। विद्यालयले प्रतियोगिताका लागि खरीदार तहको सिलेबसका आधारमा प्रश्न तयार पार्ने तयारी गरेको छ। यसबाट विद्यार्थीहरूमा तर्कशक्ति र सामान्य ज्ञानको वृद्धि भई भविष्यमा लोकसेवा आयोगजस्ता प्रतिस्पर्धात्मक परीक्षामा सहभागिता जनाउने क्षमता विकास हुने विद्यालयको विश्वास छ।

विगतका तीन संस्करणमा पहिलो वर्ष हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, दोस्रो वर्ष नेपाल पुलिस स्कुल, र तेस्रो वर्ष पुनः हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल नै विजेता बनेका थिए। यस वर्ष पनि विद्यालयले प्रतियोगितालाई अझ व्यवस्थित र आकर्षक बनाउने तयारी गरिरहेको जनाएको छ। कार्यक्रम संयोजनका लागि विद्यालयका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति गठन गरिएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई