
धरान: हिविसकस इङलिस वोडिङ स्कुल धरान –१५ ले खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । धरान हुदै जिल्ला स्तरीय अन्तर स्कुल हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको हिविस्कसले यस पटक भने खुल्ला हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
स्कुलले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको आयोजना गर्ने विषयमा जानकारी दिएको हो ।
विद्यार्थीहरुलाई पढाईको अतिरिक्त वौद्धिक क्षमतालाई अगाडी वढाउने उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको स्कुलका सल्लाहकार पवन झा ले जानकारी दिनुभयो ।
विगत तिन वर्षदेखि स्कुलले हिविसकस क्विज मेनिया नाम दिएर हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्दै आएको छ । विगत दुई वर्षदेखि धरान नगर स्तरीय प्रतियोगिता सम्पन्न गरेकोमा गतवर्ष सुनसरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको र यस पटक भने दायरा फराकिलो वनाउदै खुल्ला रुपमा गर्न लागेको सल्लाहकार झा ले वताउनु भयो ।
प्रतियोगितालाई थप प्रभावकारी वनाउन दायरा खुल्ला गरीएको र हाजिरीजवाफमा रुचि भएका जुन सुकै विद्यालयले पनि भाग लिन पाउने झा को भनाई रहेको छ । खरीदार लेवलको सिलेवलको आधारमा प्रश्नपत्र तयार गरीने भएकोले प्रतियोगितामा विजेता उपविजेता लगायत परिणाम ल्याउन सक्नेले लोकसेवा आयोग पास गर्न सक्ने क्षमताको विकास हुने पनि झा को दावी रहेको छ ।
झा का अनुसार यस पटक खुल्ला प्रतियोगिताको आयोजना गरीएको हुदा यस पटक पहिलो चरणमा १ सय प्रश्न सोधिने छ भने अंकभार पनि १ मात्र कायम गरीने छ । पहिलो चरणमा ग्रुपमा लिखित प्रश्न दिइनेछ र सो बाट छनौट हुने टिमले फाइनलमा सहभागी हुन पाउनेछन। यस वर्ष प्रतियोगिता संचालनको लागि स्कुलका शिक्षक सुवास मोक्तानको संयोजकत्वमा समिति निर्माण गरीएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनभयो ।
समितिमा सहसंयोजक विकास साह, जनसम्पर्क समन्वयमा नयन राज राई र्र प्राविधिकतर्फ मनिष श्रेष्ठलाई जिम्मेवारी दिइएको निर्देशक राईले वताउनु भयो । प्रतियोगितामा १ सय ५० भन्दा वढी विद्यालयले सहभागीता जनाउने विश्वास रहेको कार्यक्रम संयोजक सुवास मोक्तानले वताउनु भयो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार, रनिङ ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले नगद १५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने स्कुलका प्रवन्ध निर्देशक गंगाराम राईले जानकारी दिनुभयो ।
यस पटक प्रथम पुरस्कार राशीमा गतवर्ष भन्दा वृद्धी गरीएको निर्देशक राईले जानकारी दिनुभयो ।
प्रतियोगितामा तेस्रो हुनेले नगद ८ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
त्यस्तै चौथो हुने टिमले ६ हजार नगद र प्रमाण–पत्र प्राप्त गर्नेछन् , भने पाचौं हुने टिमले नगद ४ हजार र प्रमाण–पत्र पाउने छन् । सान्तवना हुने टिमले नगद २ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता पुष ९ र १० गते स्कुलको प्राङ्गणमा आयोजना हुनेछ । पहिलो चरणमा छनौट हुने शिर्ष स्थानका ६ वटा टिमले १० गते हुने फाइनलमा भाग लिन पाउनेछ । २०७९ सालबाट शुरु भएको सो प्रतियोगिताको पहिलो विजेता हिबिसकस इङ्लिस वोडिङ स्कुल वनेको थियो भने दोस्रो वर्षको विजेता नेपाल पुलिस स्कुल वनेको थियो । गत वर्षको विजेता भने हिविस्कस स्कुल वनेको थियो ।