शिक्षा

शिक्षा ऐनकोे विरुद्धमा नीजि विद्यालयहरु आन्दोलित


धरान: विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन गर्न बनेको विद्येयक २०८० का केही बुँदामा असहमति जनाउदै नीजि तथा संंस्थागत विद्यालयहरुले देशभरका स्थानीय तहमा ज्ञापनपत्र बुझाएका छन् । यसै क्रममा धरानमा समेत विहीबार विद्येयकलाई सच्याउन माग गर्दै स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् ।
शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न बनेको विद्येयकमा ४ वटा बुँदा तत्काल सच्याउन माग गरिएको छ । नगरप्रमुख, उपपप्रमुख तथा शिक्षा महाशाखाको अनुपस्थितिमा उनीहरुले प्रमुख र उपप्रमुखको स्वकीय सचिवलाई ज्ञापनपत्र बुझाएका थिए ।

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विद्यालय शिक्षा विद्येयकमा असन्तुष्टि जनाउदै नीजि विद्यालय सञ्चालकहरुले आन्दोलनको समेत घोषणा गरेका छन् । शिक्षा ऐन २०२९ लाई प्रतिस्थापन गर्ने कानून विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विद्येयक २०८० मा समावेश गरिएका कानुन सम्बन्धी गम्भीर ध्यानाकर्षण भएको भन्दै उनीहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

नीजि विद्यालयहरु गैरनाफामूलक बनाइने छ भन्ने बाक्यांस हटाइनुपर्ने, पूर्ण छात्रावृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्माा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृद्धि अन्तर्गत भर्ना शुल्क, बार्षिक शुल्क र मासिक पढाई शुल्क कायम हुनुपर्ने लगायतका आफ्ना माग सरकार समक्ष पुर्‍याईदिन माग गरेका छन् ।

विद्यालय सञ्चालकहरु, एन प्याब्सन, प्याब्सन र हिसानले संयुक्त रुपमा भदौ ८ गतेसम्मको अल्टिमेटम दिदै माग सम्बोधन नभए विद्यालय बन्द र हडताल गर्नेसम्मको चेतावनी सरकारलाई ज्ञापनपत्र मार्फत दिएका छन् ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई