समाज

सँस्कृति जोगाउन प्रतिष्पर्धात्मक लाखे नाँच प्रतियोगिता


धरान: विगतका बर्षहरु झै यस बर्ष पनि धरानमा वृहत लाखेनाच प्रतियोगिता विहीरबार हुने भएको छ । आयोजक नेवा: देय दवुले धरान १६ मा रहेको हारती अजिमा मन्दिरमा आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितात्मक लाखे नाचको आयोजना गर्ने भएको जानकारी दिएको छ। प्रतियोगितामा २५ वटा लाखे नाचले भाग लिने आयोजक नेवा: देय दवुका अध्यक्ष मनोहर शाक्यले जानकारी दिनुभएको छ ।
लाखेनाच जात्राको प्रर्वद्धन गर्ने उद्देश्यले भोली (बिहिबार) धरानको भानुचोकमा वृहत खुल्ला लाखेनाच प्रर्दशनी एवं प्रतियोगिता हुने भएको छ । उहाँका अनुसार लाखेनाच प्रतियोगिता धरानको भानुचोकमा साढे चारबजेदेखि आयोजना हुनेछ । प्रतियोगितालाई व्यवस्थित बनाउन धरानमा रहेका नेवारी संस्था, लाखे नाच संरक्षणमा जुटेका संस्थाहरुले समेत सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । गत बर्ष पनि दवुले प्रतियोगिताको आयोजना गरेको थियो । त्यसबेला १९ समूहले सहभागिता जनाएका थिए ।

नेवारी जातिको सास्कृतिक पहिचानलाई जीवन्तता दिनका लागि प्रतियोगितताको आयोजन गर्न लागिएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम भएको समूह, दोस्रा समूह र तेस्रो समूहलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक संस्था नेवा: देय दवुले जनाएको छ ।

नेपालको परम्परागत सांस्कृतिक लोकनृत्य मध्ये लाखेनाच एक प्रमुख र लोकप्रिय नृत्य हो । लाखेनाच नेवारहरुले मात्र नभई अन्य समुदायहरुले पनि असाध्यै मन पराउछन्, यस्तो मौलिक परम्परागत लाखेनाचलाई विकृतिमुक्त गर्दै संरक्षण र संबर्द्धन गर्नु हाम्रो दायित्व हो । संस्कृतिलाई विकृतिमुक्त गर्दै हर्षोल्लास पूर्वक मनाउने गरियो भने यो अझै लोकप्रिय र सम्मानित हुने आयोजकले धारण व्यक्त गरेको छ ।

धरानमा रहेका सम्पूर्ण लाखेनाच संस्था वा समूहहरुको सहकार्यमा बृहत खुल्ला लाखेनाच प्रदर्शनी एवम् प्रतियोगिताहरु आयोजना गर्दै समुदायको संस्कृतिलाई राष्ट्रिय जात्राको रुपमा सांस्कृतिक सद्भाव सहित प्रदर्शनी एवम् प्रतियोगिता गर्ने नेवाः देय् दबू, धरान उपमहानगर समितिले जनकारी दिएको छ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले