राजनिती

वराहक्षेत्रको सप्तकोसी क्याम्पसमा नेविसंघद्बारा बृक्षारोपन



वराहक्षेत्र नगरपालिकामा रहेको सप्तकोसी बहुमुखी क्याम्पस परिसरमा नेपाल विद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पस ईकाई समितिले ४३ औं विपी कोईरालाको स्मृति दिवसको अवसरमा बृक्षारोपन कार्यक्रम सम्पन गरेको छ ।

मङलवार नेपाली कांग्रेसका संस्थापक नेता , प्रथम जननिर्वाचित प्रधानमन्त्री , जननायक विश्वेवश्वर प्रसाद (बिपि) कोइरालाको ४३ स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सप्तकोसी बहुमुखी क्याम्पस ईकाई समितिको पुर्व घोषित कार्यक्रम अनुसार बृहत वृक्षरोपण कार्यक्रम आयोजना गरिएको ईकाई सभापति मार्शल तामाङ्गले बताए ।

इकाई सभापती तामङ्गको सभध्यक्षतामा आयोजन भएको वृक्षारोपन कार्यक्रममा नेपाली काङ्ग्रेस नगर सभापति तथा नगर प्रमुख रमेश कार्की , महाधिवेशन प्रतिनिधिहरु अनु गुरुङ , सुरेन्द्र गुप्ता , जिल्ला सदस्य तथा वडा नं ७ अध्यक्ष कपिल आचार्य , क्याम्पस प्रमुख सुशील कोइराला , प्राध्यापक संघ सभापती केशव पुरी लगायत प्राध्यापकहरु , नेविसंघ केन्द्रिय सदस्य तीर्थराज भट्टराई , जिल्ला सचिब नवीन श्रेष्ठ , सहसचिव फुर्वालाल तामङ , स्वबियु सभापती बिज्ञान लिम्बू लगायत नेताहरुको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३