
धरान प्रहरीले विभिन्न अपराधमा संलग्न ५ जनालाई सार्वजनिक गरेको छ। इलाका प्रहरी कार्यालय धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै घट्ना संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जवेगुले धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहार, वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना र तीन महिना अघि चोरी भएको घटनामा सलग्नललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक जवेगुले बालिका यौन दुव्र्यवहारको घट्नामा धरान १७ का ४९ बर्षीय खजिन्द्र राईलाई पक्राउ गरिएको हो । डिएसपी जवेगुले घटनाका विषयामा जाहेरी लिन नमानेको व्यापक चर्चा भए पनि पीडित परिवारले जाहेरी समयमै नदिएकोले समस्या आरोपितलाई पक्राउ गर्न समस्या भएको बताउनुभयो । उहाँका अनुसार घट्ना वैसाख १७ गते घटेको भएपनि प्रहरीले असार १६ गतेमात्र सूचना प्राप्त गरेको हो । उहाँलै सूचना प्राप्त गर्नसाथ पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।
प्रहरीले असार १२ गते धरान वडा नं १० भिआरसि चोकमा एक युवालाई मोटरसाइकलमा सवार भएर खुकुरी प्रहार गरी आतंक मच्याउने तीन जनालाई समेत सार्वजनिक गरेको छ । घटनामा संलग्न मोटरसाइकल चलाउन १८ बर्षीय साइमन चौधरी, २१ बर्षीय पासाङ शेर्पा र २१ बर्षीय प्रशान्त प्रधानलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । घट्नाको विषयमा थप अनुसन्धान भइरहेकौ जनाउदै संलग्न अन्यको समेत खोजी कार्य जारी रहेको बताउनुभयो ।
गत असार १२ गते करिब ६ बजे वडा न. १० स्थित भिआरसि चोकमा को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले वडा २० का २८ बर्षीय समिर राईलाई लखेटेर आक्रमण गरेको सिसीटिभी फुटेज बाहिरिएपछि प्रहरीले यस घट्नाको खोजीलाई तिब्रता दिएको थियो । युट्युव र सामाजिक सञ्जालमा व्यापक भाइरल बनेको घट्ना पश्चात प्रहरीले साइमन चौधरीलाई विराटनगरको रोडशेष चोकबाट पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा चौधरीले धरान ११ मंगलबारे चोकका प्रशान्त प्रधान र पासाङ शेर्पाको समेत संलग्नता भएको बताएपछि दुवैलाई पक्राउ गरिएको थियो । डिएसपी जवेगुका अनुसार घटनामा प्रयोग भएको मोटरसाइकल, हेल्मेट, खुकुरी र फलामको रड पनि वरामद गरेर अनुसन्धान थालिएको बताउनुभयो ।
घट्नामा संलग्न लागू औषध प्रयोगकर्ता भएको पुष्टि भइसकेको बताउदै डिएसपी जवेगुले लागू औषधकै विषयमा पुरानो रिसइवी साधेको पाइएको बताउनुभयो ।
घर फोडेर सुनचाँदी र नगद चोरी गर्ने तीन महिनापछि पक्राउ परेकोलाई पनि सार्बजानिक गरिएको छ। धरान १५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीको गरगहनालगायत चोरी गरेर फरार रहेका काभ्रोपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ६ भञ्ज्याङ बस्ने ४१ बर्षीय सोनाम लामालाई पक्राउपछि शुक्रबार नै सार्वजनिक गरिएको छ ।
चोरीको घटना पश्चात फरार रहेका लामा असार १४ गते काठमाण्डौंको दरबारमार्ग एरियामाबाट पक्राउ गरिएका थियो । डिएसपी जवेगुका अनुसार पक्राउ परेका लामाले धरानको २ वटा घरमा चोरी गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । उनले ४ लाख ४९ हजार ६ सय नगद, २ तोला सुन र १७ तोला चाँदी चोरी गरेको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।
लामाले गत चैत २४ गते दिउँसो करिब १ बजे मगरको घर फोडेर नगद ७ हजार, चाँदकीको थाल, बटुका, चम्चासमेत १५ तोला, चाँदीको पाउजु ३ जोर २० तोला, चाँदीको औठी एक थान, एक तोला चाँदीको सिक्का, चारआनी तौल बराबरको सुनको टप २ जोर, एक तोला सुनको औठी, चारआनी सुनको सिरबन्दीसमेत चोरी गरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।