राजनिती

तरुणदल क्षेत्रीय समितीद्वारा युवाहरुलाई ‘तरुण लिडरसिप’ सम्बन्धी प्रशिक्षण

धरान: सुनसरी प्रतिनिधि सभा क्षेत्र न. १ नेपाल तरुण दल क्षेत्रिय समितीको आयोजनामा राष्ट्र निर्माणका लागि तरुणहरुको योगदान ‘तरुण लिडरसिप’ कार्यक्रम आज मंगलवार नेपाली काँग्रेस केन्द्रिय सदस्य मीन बिश्वकर्माको प्रमुख आथित्यमा सम्पन्न भएको छ।

प्रमुख अतिथि मिन बिश्वकर्माले तरुणहरु पार्टीको मेरुदण्ड भएको बताउँदै युवाहरुलाई पार्टीले प्रयोग नगरेको बताए । उनले भने ‘युवाहरु बिचार बिहिन, स्वतन्त्रको नाममा स्वतन्त्र भएर, पार्टीको उदेश्य बिपरित हिडेकाले युवाहरु पलायन भएको साचो हो तर तरुणलाई अवसर नदिएको भने होईन ।’

पार्टीको कुरा जनस्तर सम्म्म र्पुयाउन तरुणलाई भरपर्दो माध्यमको रुपमा लिएर संगठन निर्माण भएको उनले बताए । तरुण र विद्यार्थीमा काम गर्न चाहाने साथीहरु समयमा महाधिवेशन गर्न नसकेको कारण मात्र उदासिन भएको कुरा सत्य भएको उनको भनाई थियो ।

विश्वकर्माले तरुण दलको महाधिवेशन नभएको धेरै भएको स्वीकार गदै अब आउँदो मसिर सम्म महाधिवेश हुने कुरामा आफु विश्वस्त रहेको बताए । उनले भने ‘पटक पटक तदर्थ समिती बनेपनि महाधिवेशन नभएकोले असार १६ गते अगाडिनै पार्टी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्ययको समितीले महाधिवेशनको कार्यतालिका घोषणा गर्नेछ ।’

कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य देबेन्द्र लिम्बले
नेपाल तरुण दलको महाधिवेशन नहुँदा लोकतान्त्रिक पद्धतीबाट हुने नेतृत्व विकास अवरुद्ध भएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

तरुण दलको महाधिवेशन २०६४ साल यता भएको छैन । पटक पटक तोकिएका मिती सर्दा पार्टीद्वारा मनोनित तदर्थ समितिबाट संगठन सञ्चालन हुँदै आएको छ ।

मनोनित प्रथाप्रति असन्तुष्टि जनाउँदै अर्का केन्द्रीय सदस्य प्रेम मुकारुङ राईले भने ‘तरुण दलमा टिके प्रथा अन्त्य हुनुपर्छ ।’ उनले लोकतान्कि व्यवस्थामा अब तरुण दलमा मताधिकार प्रयोग गर्न मत दिने अधिकार प्रयोग गर्नु पर्नेमा जोड दिए ।

मुकारुङले भने ‘तरुणहरु पार्टीको नेताको चम्चे मात्र हुनुहुर्दैन, आत्मनिर्भर हुँदै स्वभालम्बी र जिम्मेवार हुनुपर्छ अनि मात्र भष्ट्रचारको अन्त्य हुन्छ ।’ युवाहरु पार्टी भित्रको अन्याय र अत्याचार र भष्ट्रचारको विरुद्ध बोल्न सक्नु पर्ने उनले बताए ।

अर्का केन्द्रीय सदस्य बिशाल जंग कार्कीले तरुण दललाई एक बनाउने जिम्मा पार्टीको भएपनि पार्टी नेतृत्वले नै तरुणलाई दुई ध्रुवमा बनाएको आरोप लगाए ।

महेन्द्र बहुमुखी क्याम्पस धरानका नेबिसंघ इकाई सभापति विनोद आले मगरले भने ‘विद्यार्थी र तरुणको महाधिवेशन नभएको कारण युवा र विद्यार्थीहरुको नेतृत्व विकाश रोकिएको छ ।’

तरुण दल क्षेत्रीय अध्यक्ष अजय राईले तरुणहरुले क्षमता बिकास नगरे पार्टीमा झन्डा र दण्डा बोक्नुको बिकल्प नभएको हुदा क्षमता बिकास गरेर नेतृत्व युवाहरुले गर्नु पर्ने बताएका छन।

उक्त प्रशिक्षण कार्यक्रममा १ सय १५ जना तरुणहरुले प्रशिक्षणमा सहभागी भएको थियो। केन्द्रीय सद्स्य मीन विश्वकर्माले प्रशिक्षण दिएका थिए। नेपाली काँग्रेसका प्रदेश जिल्ला नगरका नेताहरुको उपस्थीती रहेको थियो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३