
धरान: विद्मार्थीहरुलाई शिक्षा संगै व्यवसायीक ज्ञान दिन धरान ८ मा रहेको ल्याबोरेटरी माध्यमिक बिद्मालयले स्कुलमा सिकेका ज्ञान सीप व्यवहारमा लागू गर्ने उद्वेश्यले आज बिहिबार व्यवसायिक योजना कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थीहरुलाई कामको संसार चिनाउने कार्यक्रम हेलभाटस नेपालको प्राविधिक सहयोग दिगो तथा सम्मानित रोजगारी परियोजनाको सहयोगमा सो कार्यक्रम भएको थियो। घरान उपमहानगरपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा उत्कृष्ट तीन ३ समूहले व्यवसायिक प्रस्तुति परियोजना प्रस्तुत गरेका थिए । दुई दिने व्यवसायिक योजना कार्यान्वयन कार्यक्रम दुई दिन संचालन भएको थियो।
उक्त कार्यक्रमा प्रदेश सभासद यशोदा कायस्थ विद्मालय व्यवस्थापन समितीका अध्यक्ष पदम सुन्दर लिम्बु, शिअस अध्यक्ष लोक बहादुर विक लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा धरान उपमहानगरपालिकामा अवस्थित अन्य छिमेकी विद्यालयहरू शहीद स्मृति मावि, अरनिको, मेमोरियल बुद्ध आदर्श स्कूल, विद्याभूषण इ.स्कुल लगायतका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरुले खाजा, हस्तकला र चिसो पेय पदार्थको पसल सञ्चालन गर्दै व्यावसायिक सिप प्रस्तुत गरेका थिए ।