
धरान १८ न. वडा स्थित डिपो स्कुलमा खुला व्यामशाला निर्माण गरिएको छ । धरान १८ न. वडा कार्यलयको विशेष सहयोगमा निर्माण गरिएको खुला व्यामशालाको शुक्रवार कार्यक्रमका प्रमुख अतिथि धरान १८ न. वडाका वडा अध्यक्ष नरेन्द्रकुमार राई प्रविण र कार्यकमका सभाध्यक्ष डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमरवहादुर लिम्वुले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेको छ ।
धरान उपमहानगरिपालिका भरि सम्भवत विद्यालयमा खुला व्यामशाला निर्माण गरिएको यो पहिलो हो । कार्यक्रमका प्रमुख अतिथि राई र डिपो आर्दश वहुमुखि क्याम्पसका प्रमूख राजकुमार राईले खुला व्यामशालालाई प्रयोग गरेर देखाएका थिए । व्यामशाला करिव साढे सातलाख रुपैयामा निर्माण संपन्न गरिएको विद्यालय प्रमूख राजकुमार राईले जानकारी गराए । ५ लाख रुपैया १८ न. वडा कार्यलय वाट सहयोग प्राप्त भएको र बाँकि रकम विद्यालयले सहकार्य गरेको प्रमूख राईले वताए ।
विद्यार्थीको मानसिक संगै शारिरीक रुपमा पनि सशक्त वनाउनका लागि खुला व्यामशाला निर्माण गरिएको सभाध्यक्ष अमरवहादुर लिम्वुले जनाए । उनले विद्यालयले शिक्षा संगै अतिरिक्त क्रियाकलापलाई समेत उतिकै महत्व दिएको र लगानि गरिएको वताए । खुला व्यामशाला निर्माण पुर्वमा नै पहिलो पटक धरान १८ न. वडा वाट सुरु भएको थियो । हाल धरानमा ६ वटा वडाले निर्माण गरिसकेको र डिपो स्कुल सहित धरानमा सात वटा खुला व्यामशाला भएको कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष राईले वताए । आफु पढेको पुरानो स्कुलमा खुला व्यामशाला निर्माण गर्न पाउदा खुशि लागेको प्रमूख अतिथि वडाध्यक्ष नरेन्द्र कुमार राई प्रविणले जनाए । । पुर्व व्रिटिस गोर्खा सैनिकका छोरा रहेको राई डिपो पुर्व विद्यार्थी संगठन अध्यक्ष समेत हुन ।
हाल विपि प्रतिष्ठान रहेको क्षेत्र व्रिटिस घोपा क्याम्प हुदा सन १९६३ सालमा डिपो स्कुल स्थापना भएको हो । व्रिटिस गोर्खा सैनिकका छोराछोरिले राम्रो शिक्षा पाओस भन्ने उद्धेश्यले डिपो स्कुलको स्थापना गरिएको थियो । डिपो स्कुलको क्षेत्रफल साढे तेह्र विघा रहेको छ । पुर्व व्रिटिस गोर्खा सैनिकहरुद्धारा संचालित डिपो स्कल गुठि संस्थाको रुपमा रहेको छ ।
उद्धघाटन कार्यक्रममा डिपो स्कुल गुठियार अध्यक्ष भिमराज लिम्वु, व्यवस्थापन समिति सदस्य हर्कराज राई, खड्क लिम्वु, सदस्य सुर्यपन्धाक लिम्वु, इन्द्ररानि लिम्वु लगायतको उपस्थिति रहेको थियो ।