समाज

धरानका लायन्स क्लवहरुले, लायन्स वाटिका निर्माण गरि हस्तातरण गरे


धरान: विगत २८ वर्ष देखि लायन्स क्लवले धरानमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ । लायन्स क्लवले “जहा आवश्यक्ता, त्याहा लायन्स” नारा अनुसार काम गरिरहेका छन। क्लवको काम गर्ने उद्वेश्य नै सामाजिक कार्य भएकोले कुनै पनि आपद विपदमा पहेलो हाफ ज्याकेट लगाएको सहयोग गरिरहेको धरानमा अग्रह स्थानमा देख्छौ। आवश्यक्ता अनुसार मात्र सम्वन्धित निकाय संग सहयोग र सहकार्य गर्ने लायन्स क्लवले अन्य सामाजिक कार्यहरु गरि रहेका छन।
धरान १४ नं वडा स्थित पिण्डेश्वर मन्दिर अगाडि खेर गएको खालि जग्गामा निर्माण गरिएको लायन्स वाटिका । १५ लाख रुपैया लगानिमा धरानमा भएको लायन्स क्लवहरुले सुन्दर लायन्स वाटिका निर्माण गरिदिएका छन ।  
धरान भरिका २० वटा लायन्स क्लवहरुको संयुक्त लगानिमा लायन्स वाटिका नामकरण गरि वुधवार पार्कको उद्धघाटन गरेका छन । इन्टरनेसलन लायन्स ३२५ सि डिस्ट्रिक गर्भनर विकास अधिकारी, पुर्व डिस्ट्रिक गर्भनर धिरज गुरुङ्ग र लायन्स वाटिका निर्माण संयोजक कविता लिम्वुले संयुक्त रुपमा लायन्स वाटिका वोर्डका पर्दा हटाएर उद्धघाटन गरेका थिए । लायन्स वाटिका निर्माणमा १५ लाख रुपैया लगानि भएको निर्माण संयोजक कविता लिम्बुले जानकारी गराइन । वाटिकाका लागि धरान १४ न. वडाले जग्गा उपलव्ध गराएको र धरान १५ न. वडाले नगद रु. ८० हजार रुपैया प्रदान गरेको लिम्वुले वताइन । मन्दिर अगाडि अव्यवस्थित रुपमा रहेको खालि जग्गालाई सदुपयोग गरिएको उनले वताइन ।

धरानमा २८ वर्ष अघि देखि स्थापना भएको लायन्स क्लवले सामाजिक काम गर्दै आइरहेको पुर्व गर्भनर धिरज गुरुङ्गले वताए । धरानका लायन्स क्लवले शिक्षा, स्वास्थ्य लगायत विभिन्न समसामयिक विषयमा काम गर्दै आइरहेको गुरुङ्ग वताए । क्लवले केहि दुई वर्ष अगाडि दुई करोड लगानिमा धरान १३ न. वडामा सत्य साई स्कुल निर्माण गरिदिएका छन । जहाँ निशुल्क अध्यन हुने गरेको छ । धरान १७ स्थित सयपत्रि वालविकास केन्द्र भवन , इलाका प्रशासन कार्यलय धरानमा ३ वटा सार्वजनिक सौचालय, खानेपानी ट्याकि, पन्चकन्या मन्दिर परिसरमा चौतारा, डस्टविन वितरण, गरिव असाहयहरुलाई औषधिउपचार, स्टेस्नरी सामान, व्लड डोनेसन लगायत धेरै सामाजिक कार्यहरु विगत २८ वर्ष देखि क्लवले गर्दै आइरहेको लायन्स लिडर गुरुङ्गले जानकारी गराए ।
भर्खरै निमार्ण गरि उद्घाटन गरिएको लायन्स वाटिका स्थानियवासि तथा पिण्डेश्वर वावा धाम समितिलाई हस्तान्तरण गरिने लायन्स वाटिका निर्माण समितिले जनाए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले