शिक्षा

हिविस्कस वोडिङ स्कुलको बाल क्लव अध्यक्षमा उदाश निर्वाचित


धरान: हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ को विद्यार्थीको निर्वाचनले बाल क्लवको अध्यक्षमा आस्था उदाशलाई निर्वाचित गरेको छ। शुक्रवार सम्पन्न निर्वाचनले उदाशलाई निर्वाचित गरेको हो ।

त्यसैगरी क्लवको उपाध्यक्षमा प्रज्ञान राईलाई निर्वाचित गरेको छ । सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमस समिक्षा राई, जेशा जवेगु र विकल्प तामाङ, कार्यक्रम संयोजक सिदार्थ श्रेष्ठ र हाजिरी जवाफ संयोजक आदित्य झा रहेका छन् ।

सदस्यहरुमा यलन राई, युमिना राई, डेभिड लिम्बू , मिशन राई, दर्शन मगर र खम्वोङ्शा सिंघक लिम्वु निर्वाचित भएका छन् । हाउस क्याप्टेन र भाइस क्याप्टेनहरुमा रेड हाउसबाट क्याप्टेन र भाइस क्याप्टेनमा क्रमस युमिना राई र सेसेमा लिम्बू निर्वाचित भएका छन् ।

व्लु हाउसतर्फ डेविड लिम्वु र मित्माहाङ राई तथा ग्रिन हाउसतर्फ खम्वोङ्सा सिंघक लिम्वु र अर्मिता महर्जन निर्वाचित भएका छन् ।

यल्लो हाउसतर्फ दर्शन मगर र आयुष श्रेष्ठ निर्वाचित भएको निर्वाचन अधिकृत नयन राईले जानकारी दिनुभएको छ । कक्षा ५ देखि १० सम्मका २ सय ५० बिद्यार्थीहरु र शिक्षकहरुले मतदानमा भाग लिएका थिए।

बिद्यार्थीहरुलाई निर्वाचन कसरी हुन्छ, कसरी नेतृत्व चयन हुन्छ भन्ने अभ्यास गराउनका लागि लोकतान्त्रिक बिधिद्वारा क्लबका अध्यक्ष, हाउस क्याप्टेन लगायत छान्ने र मतदान प्रकृयाको बारेमा ब्यबहारिक ज्ञान दिने उद्वेश्यले निर्वाचन गराईएको स्कुलका निर्देशक गंगाराम राईले जानकारी दिनुभयो।
निर्वाचन गरेर छानिएका बिद्यार्थीहरुलाई जिम्मेवारी दिदा लोकतन्त्रको अभ्यास हुने र बिद्यार्थीहरुले ब्यबहारिक ज्ञान समेत सिक्ने स्कुलका निर्देशक राईको भनाई रहेको छ ।
पढाईका अतिरीक्त विभिन्न कार्यक्रम संचालन गर्दै आएको हिविस्कस स्कुलले यस पटक हरेक शुक्रवार पुस्तक रहीत कक्षा संचालन गर्न शुरु गरेको छ ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई